युरोपको झन्डै आधा क्षेत्र खडेरीको जोखिममा, बेलायतकाे तापक्रम ४० डिग्री सेल्सियस पुग्याे

दक्षिण पश्चिम युरोपमा उच्च गर्मीको लहरसँगै युरोपेली सङ्घ (ईयू) को झन्डै आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको उल्लेख छ । ईयूको ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ । त्यहाँ खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ ।

खडेरीको सबैभन्दा बढी प्रभाव इटली र त्यसको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको पो रिभर बेसिन रहेको उल्लेख छ । स्पेनमा अहिले १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा अन्य वर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको रिपोर्टले जनाएको छ।

त्यस्तै, पोर्चुगलमा जलविद्युत् ऊर्जा उत्पादन गर्ने पानी गएको ७ वर्षको औसतभन्दा आधा कम छ । पानीको अभाव र उच्च तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटलीमा बालीको उत्पादन कम हुने विज्ञले चेतावनी दिएका छन् ।

बेलायतमा तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री सेल्सियस मापन गरिएको छ । मौसम कार्यालयका अनुसार राजधानी लन्डनको तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री पुगेको हो । सन् २०१९ मा क्याम्ब्रिजमा ३८ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो, जुन बेलायतमा अहिलेसम्मकै उच्च मानिएको थियो।

बेलायतमा चेतावनीसहित राष्ट्रिय सङ्कट घोषणा गरिएको छ । जनजीवन थप कष्टकर बनेको बीबीसीले जनाएको छ । सन् २०३० सम्म कार्बन उत्सर्जन ४० प्रतिशत घटाउने विकसित देशले प्रतिबद्धता जनाए पनि समस्या बढ्दो छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम रहेकाले यो विषयलाई गम्भीर रुपमा लिनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

 

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?