गुल्मीमा बाँदर धपाउन वडा कार्यालयले नियुक्त गर्यो कर्मचारी

गुल्मी । गाउँघरमा बाँदरले हैरान पारेपछि रुरुक्षेत्र गाउँपालिका वडा नं. १ ले बाँदर लखेट्न दैनिक ज्यालादारीमा कामदार नियुक्त गरेकाे छ।

बाँदर बारीमा पसेर बिध्वँसै मच्चाउन थालेपछि यहाँका किसानहरुले वडा कार्यालयमै पुगेर समस्या समाधान गरिदिन आग्रह गरेका थिए।

किसानहरुसँग गरिएकाे अन्तरकृया पछि वडा कार्यालयले बाँदर लखेट्न दैनिक ज्यालादारीमा व्यक्ति परिचालन गर्ने निर्णय गरेकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए।

किसानहरु समस्या लिएर आए पछि कसरी समस्या समाधान गर्ने भनेर वडामा छलफल गरियाे र यहि छलफल पछि बाँदर लखेट्न दैनिक ज्यालादारीमा मान्छे राख्ने निर्णय गरेपछि हामीले बाँदर लखेट्ने मान्छे परिचालन गरेका छौँ वडाध्यक्ष पौडेलले भने । रुरुक्षेत्र ३ थानपतिमा अहिले चार जना व्यक्ति बाँदर लखेट्ने कामका लागि नियुक्ति भएका छन।

गाउँका उपल्लाे भेग पानीटँकि पएग क्षेत्र हेर्नेगरि एक जना यसैगरि बसन्त पाेखरी लाेलेँगखाेला माझगाउँ क्षेत्र, स्यालपाेखरी, खरवारीपाेखरा, गौतमटाेल फेकलदी र चाउके क्षेत्र र झमादी वखलढुँगा क्षेत्र हेर्ने गरि एकएक जना व्यक्ति परिचालित गरिएकाे रुरुक्षेत्र ३ का वडासचिव बालकृष्ण गौतमले जानकारी दिए।

दैनिक ५ सयका दरले पाउने गरि नियुक्ति भएका कामदार हरुले साउन र भदौ दुई महिना बाँदर लखेट्ने काम गर्नेछन । वडा कार्यालयले यसरी बाँदर लखेट्ने कामदार नियुक्ति गरेर काममा लगाएपछि किसानहरुलाई राहत भएकाे रुरुक्षेत्र ३ फल्लेखर्कका ज्ञानेश्वर ज्ञवालीले बताए।

ठुलाे सँख्यामा आउने बाँदरका हुलहरु लखेट्न एक्लै नसकिने भएकाले यसरी खटिएका व्यक्तिहरुलाई सहयाेग गर्न र बाँदर आएकाे सुचना दिन पनि वडा कार्यालयले अनुराेध गरेकाे छ। अत्यधिक रुपमा घना भएकाे बनक्षेत्र र गाउँबाट मान्छेहरु पलाएन भएपछि घरबारीवरिपरि र खाेल्साखाल्सी पनि अत्यधिक झाडि बनेपछि बाँदरकाे आश्रय स्थल बनेकाे पाईएकाे छ।

वडाकार्यालयले बढेको झाडी फाँडेर बाँदरको आश्रय स्थल बन्न नदिन समेत समुदायलाई अपिल गरेकाे छ । उँखु लगाएत मकै, तरकारी, फलफुल खेति माथि बाँदरले वर्षैभरी आक्रमण गरेर हैरान पारेपछि याे क्षेत्रका किसानहरु पिडीत बनेका छन। रुरुक्षेत्र वडा न ३ मा बाँदर लखेट्ने कामदार राखेपछि वडा नं. १ च्यूरेकका किसानहरूले पनि बाँदरकाे समस्या समाधान गर्न माग गरेका छन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?