असार महिनामा अनुमान गरिए जस्तो वर्षा हुन सकेन, पहाडमा भन्दा तराईमा सुक्खा

काठमाण्डाै । धान रोपाइँको मुख्य सिजन असार महिनामा नै पानी कम परेको छ । मुख्य बाली लगाउने समयमा नै पानी नपर्दा यसपालि राम्ररी रोपाइँ हुन सकेको छैन ।

पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि तराईका जिल्लामा खासै पानी पर्न नसकेको मौसमविद् प्रतिभा मानन्धर बताइन । उनका अनुसार असार महिनामा मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतिर अर्थात भारततर्फ रहेकाले नेपालमा खासै पानी पर्न सकेन ।

‘मनसुनी न्यूनचापीय रेखा जहाँ बढी गर्मी भयो त्यहीँ केन्द्रित भएर बस्छ’, मौसमविद् मानन्धरले भन्नुभयो – ‘नेपालको तुलनामा भारतमा गर्मी धेरै हुँदा मनसुनी न्यूनचापीय रेखा भारतमै केन्द्रित भएकाले नेपालमा कम वर्षा भएको हो ।’ यसपालि समयमा नै मनसुन भित्रिए पनि देशभर फैलिन भने समय लागेको थियो ।

नेपालमा समान्यतया जुन १३ तारिखमा मनसुन भित्रने भनिए पनि यसपालि मनसुन ५ तारिखमा नै भित्रिएको थियो ।  तर मनसुन भित्रिएको एक/दुई दिन पानी परे पनि समग्रमा जुन महिनाभरि खासै पानी नै परेन । यस्तै, जुलाईको अन्तिम हप्ता आइसक्दा समेत राम्ररी पानी पर्न सकेको छैन ।

यो अवधिमा धेरैजसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो वर्षा भएको छ । यसले गर्दा पहाडी क्षेत्रमा पहाडी क्षेत्रमा रोपाइँ भए पनि तराईका जिल्लामा खासै पानी नपरेको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार अब पनि तत्काललाई ठूलो वर्षाको सम्भावना छैन । तर, हल्कादेखि मध्यम वर्षाको भने अनुमान गरिएको छ । यसपालि प्रि-मनसुनमा औसतभन्दा धेरै पानी परेको थियो । प्रि-मनसुनको पनि अन्तिम मे महिनामा धेरै पानी परेको थियो । मौसमविद्ले मनसुनमा पनि औसतभन्दा धेरै पानी पर्ने अनुमान गरेका थिए । तर, मनसुनको अहिलेसम्मको अवधिमा धेरै वर्षा भएको छैन ।

मनसुनको अवधि बाँकी नै रहेकाले पानी पर्ने सम्भावना भने कायमै रहेको मौसमविद् बताउँछन् । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा अहिले पनि भारततर्फ नै रहेको छ । यसले गर्दा ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?