नेप्से परिसूचकसँगै कारोबार रकम बढ्यो

 सेयर कारोबारको पाँचौं दिन बिहीबार नेप्से परिसूचक १५.४९ अंकले बढेको छ।

नेप्से १५.४९ अंकले बढेर २१२७.४७ विन्दुमा पुगेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ।

आज करिब ५ अर्बको सेयर कारोबार भयो। हिजो बुधबार २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँमा खरिदबिक्री भयो। आज २२१ कम्पनीका १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटा समूहमध्ये १० वटाको सूचक उकालो लागेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ३.२७ प्रतिशतले बढ्यो भने म्यानु एण्ड प्रो समूहको सूचक ०.५२ प्रतिशत घट्यो।

कारोबार रकमका आधारमा अरुण काबेली अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड ९६ लाख बढीको सेयर खरिदबिक्री भयो।

यसदिन एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने ३ कम्पनीको ९ प्रतिशत बढीले मूल्य बढ्यो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?