नेपालले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।

नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एक दिवसीय शृङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । पहिलो टी–२० अगस्ट २५ तारिखमा हुनेछ ।

यस्तै अन्तिम टी–२० अगस्ट ३० मा तारिखमा हुनेछ । पहिलो एक दिवसीय सेप्टेम्बर २, दोस्रो एक दिवसीय सेप्टम्बर ३ र अन्तिम एक दिवसीय सेप्टेम्बर ५ तारिखमा हुनेछ । खेल केन्यामा हुनेछ । क्यानले हिजो केन्यासँग खेल्न सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने विनोद भण्डारी र कुशल भुर्तेल टिममा अटाएनन्  । यस्तै, अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?