हामी धर्म, संस्कृति, पर्व र परम्पराका धनी छौ, यिनै विविधताले हामी विश्वमै अद्वितीय छौ । चाड पर्व र मेला महत्सवले हामीमा सदभाव, भाईचारा र मेलमिलाप गराउने गर्दछन । हाम्रो मूलुक सामाजिक र सांस्कृतिक रुपले सम्पन्न मूलुक हो । आफ्नै मौलिकता र साँस्कृतिक चाड पर्वहरुले भरिपूर्ण हाम्रो समाज समयानुसार विभिन्न प्रकारका चाड पर्व र मेलाहरुमा आफ्नो मौलिकता प्रदर्शन गरि समाजिक चाड पर्व र मेलाहरु मनाउने परम्परा आदीमकाल देखि नै रहेको पाईन्छ । विभिन्न जातजाती र फरक फरक संस्कृति रहेको गौरवान्नित इतिहास बोकेको हाम्रो मूलुकले देशको परिवर्तित राजनितिक परिवेश र बदलिदो समायनुसार मौलिकता र संस्कृतिलाई पनि बिचलनमा ल्याउन लागेको भान हुन थालेको छ । हाम्रा विभिन्न चाड पर्वहरु जस्तै तीज, दशै, तिहार लगायतका अन्य चाड पर्वहरुमा सामाजिक परिवेश, सास्कृतिक महत्व, र मौलिकता एकातिर थाति राख्दै भौतिकवादलाई प्रशय दिदै आएको पाईन्छ । जहाँ आर्थिक विकाससँग सँगै सामाजिक र मानवीय विकासको अपरीहार्य हुन्छ त्यस्तो संयोजन हाम्रो समाजमा हुन सकेको छैन जसको कारणले हाम्रो मौलिकता, संस्कृती र चाडपर्वहरुमा पनि विकृति आईरहेको छ ।
तीज नेपालीहिन्दु धर्मालम्बी महिलाहरुको महान पर्व हो । यसको आफ्नै मौलिकता, विशेषता र महत्व छ । यो पर्वमा परापूर्वकाल देखि मनाउदै आउने परम्परा छ । यो पर्व विशेष गरी महिला आमा, दिदी बहिनीहरुका लागि महत्वपूर्ण चाड हो । यसको आफ्नौ परम्परा र सास्कृतिक महत्व छ । यसमा विवाहित महिलाहरु माईतमा आउने दर खाने र आफ्ना श्रीमानको लागि व्रत बस्ने तथा अविवाहित महिलाहरुले सूयोग्य बर पाउँ भनी व्रत बसी आफ्ना दुख सुखका घटनाहरुलाई गीत मार्फत व्यक्त गर्न कुनै सार्वजनिक मठ मन्दिर र स्थानमा भेला भै नाच गान गरी मनाउने चाड पर्व हो ।
तर अहिले चाड पर्व उही तर मनाउने चलनचल्ती अलि फरक भएको छ, जसले समाजमा विकृती बिचलन र गौरवान्नित संस्कृतिको खिल्ली उडाउने काम गरेको छ । अहिले तीज पर्वलाई फेसन देखाउने पर्व र समाजमा गहना, कपडा र आर्थिक हैसियत देखाई भडकिलो समाज बनाउने तर्फ उन्मुख देखिन्छ । पहिलाका तीजका गीत र स्वरहरुले भावनात्वक रुपले मानिस श्राद्धले नतमस्तक हुने गरिन्थ्यो भने अहिलेका तीजका गीतहरु परिवार, तथा मान्यजनहरुसँग बसेर सुन्न र हेर्न सकिने अबस्था छैन ।अहिले तीजका गीतमा न दुख सुखका शब्द छन् न सामाजिक र व्यवहारिक छन । न समूहमा भेला भएर गीत गाएर मनाईन्छ मनाईन्छ त डिजे र रेडिमेड म्युजिक चर्को श्वरमा बजाएर, हो हल्ला गर्दै नाचेर । अश्लिल शब्द र दृश्य राखेर तीज गीत बनाउने गरिन्छन् जुन स(परिवार बसेर न सुन्न सकिन्छ न हेर्न नै । पहिले तीज साउने सक्रान्ति देखि शुरु भई गीतहरु गाउन जम्मा हुने र टोल छिमेकमा नाच्ने गाउने गरिन्थ्यो भने अहिले नयाँ वर्ष देखि नै तीजका गीतहरु घन्किन थाल्दछन् । उ बेला टोल छिमेकका मानिसहरु जम्मा भएर आत्मीय मनसहित नाँचगान गरेर तीज मनाउने गरिन्थ्यो । हरितालिका तीजको दिनमा घर परिवारमा आफ्ना चेलीबेटी बोलाएर दर खाने र खुवाउने परम्परा थियो । अहिलो बदलिदो परिबेषमा तीजको दर खाने कार्यक्रम वास्तविक तीजको दिन सम्म धेरै पटक समाजका आर्थिक हैसियतले सम्पन्न र प्रतिष्ठितहरुले आयोजना गरेका हुन्छन । त्यो पनि कुनै सार्वजनिक स्थलमा नभई ठूला ठूला होटल तथा पार्टी प्यालेसहरुमा । त्यहाँ दर भन्दा दारु बढी खपत हुन्छ के यही हो त हाम्रो तीज पर्वको महत्व रु जहाँ दर खाने कार्यक्रम भन्दा पनि गहना र कपडा प्रदर्शन कार्यक्रम नै भन्दा पनि हुन्छ जुन तीजको महत्वको बिपरित छ । तीज सबैको हो चाहे धनी होओस चाहे गरिब त्यस्तो भडकिलो कार्यक्रमले विपन्न र गरिब मजदुरी गर्ने महिलाहरुलाई कति मर्माहत पारेको होला यसको मूल्यांकन गर्न सकिदैन ।ती र त्यस्ता दर खाने कार्यक्रममा सामान्य महिला तथा मानिस उपस्थित भएर तीज पर्वलाई हाम्रो पनि पर्व हो भन्ने कसरीरुदरै खाने कार्यक्रम आयोजन गरे पनि खान नसक्ने वर्ग विशेषलाई खुवाउने गरौ न कि दर खाने कार्यक्रम आयोजना गरेर समाजिक भडकाउ हुने गरी । यसले संस्कृतिको जगेर्ना गर्नुको साटो सामाजिक द्वन्द्व र वर्ग विभाजनमा उन्नमुख रहेको छ । चाड पर्वको आफ्नो मूल्य र मान्यतालाई समयानुसार बदल्नु र बदलिनु स्वाभिकै हो तर मूल्य, मान्यता र मूल मर्म र समाजमा विचलन गर्ने गरि परिवर्तन गर्नु र गराउन खोज्नु सान्दर्भिक हुदैन ।
हाम्रो समाजमा सबैको आर्थिक हैसियत एकै किसिमको छैन । कोही विहान गरेर साँझ खाने छन भने कोही एक दिन काम गरेर वर्षौ खाने छन् । धर्म र संस्कृतिले आपसी सदभाव र समता बढाउनु पर्छ न कि दुरी बढाउने । अहिलेको दर खाने र खुवाउने प्रचलनलाई हामीले सबै टोल छिमेकका महिला दिदी बहिनीलाई दर खुवाउने, आपसी सदभाव र मेलमिलाप गराउने उद्देश्यले कार्यक्रम राख्नु पर्छ । तर दर खाने र खुवाउने कार्यक्रममा आर्थिक र सामाजिक हैसियतलाई आधार मानेर खुवाउने गरियो भने त्यसको दुरगामी असर पर्ने छ ।
चाड पर्व मनाउदा समाज र संस्कृतिको ख्याल गर्नु चाड पर्वको विशेषता हो । बिशेषता तीज पर्वमा परिवर्तित गीत, गीतको भाव र त्यसका भिडियो समाजमा पच्न सक्ने किसिमका हुनु पर्दछ साथै तीजको दर खाने कार्यक्रमलाई शुभकामना आदान प्रदान गर्ने गरी सौहार्दपूर्ण किसिमले सबैले मनाउने बनाउनु आयोजकहरुको मुख्य काम हो नकि गहना कपडा प्रदर्शन गर्ने गरी । गहना कपडा प्रदर्शन गर्ने र खानपानमा पनि भडकिलो गरी मनाउने चाँड हाम्रो जस्तो समाजमा पच्न सकेको छैन । चाड पर्व र संस्कृति हामी सबैका गहना हुन यिनैले हामीलाई समाजिक र भावनात्क रुपले एकरुपतामा ल्याएको छ । यसैको कारणले वर्ग विभाजन र समाज अपराधिक कृयाकलाप तर्फ उन्मुख हुने वातावरण श्रृजना गर्ने तर्फ नलागौ । आर्थिक, समाजिक र भावनात्करुपले सम्पन्न चाडपर्व मनाउनु हामी सबैको कर्तव्य हो । आर्थिक र भौतिक रुपले सम्पन्न समाज किन मानवीय रुपले विकसित हुन सकिरहेको छैन यो अनुत्तरीत प्रश्न तपाई हाम्रो मनमा उब्जिनु कुनै नौलो कुरा होईन । गीत, भिडियो र मनाउने विधि चाही आधुनिक जमानाका रे अनि तपाई हामी सुन्ने र देख्ने चाहि कुन जमानाका रुचाड पर्व धर्म संस्कृति सबैका हुन, समाजका हरेक वर्ग र समुदायलाई समेट्ने गरी मनाउनु पर्छ । आधुनिक हुने नाममा पर्व विकृत बनाई सामाजिक द्वन्द्व निम्त्याउने र वर्गीय विभेद सिर्जना गर्ने मनाउनु हुदैन । तीज पर्व धेरै भडकिलो र विकृत हुदै गएको छ, यसलाई सुधार्नु हामी सबैको कर्तव्य हो ।













