बिदेशमा तिज रौनक : पोर्चुगलमा तिजगित प्रतियोगिता

रोप पोर्चुगल । स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ ।

रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरु सङ संस्थाहरुले आफ्नो समय अनुकूल तीज मनाउने गरेका छन् । तीज नजिकिए सँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

“परम्परा बचाउ,बिकृती हटाउ” भन्ने नारा सहित नेपाली
नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर २४ अगस्ट बुधबार, चितवन समाज पोर्चुगलले राष्ट्रिय कलाकार भगवान भण्डारी, देबिका के.सि, जेबि ओलिको साथमा पुरस्कार राशी सहितकाे तिज गीत प्रतियोगिता एबम् साँस्कृतिक कार्यकम ‘ओक मुन्दो रेष्टुरेन्ट’ लिस्वाेनमा सम्पन्न गरेको छ ।

बुधबार ओक मुन्दो रेष्टुरेन्टमा‘ सम्पन्न भएको कार्यक्रममा
प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमाल ज्युको हातबाट पानसमा बत्ती बालेर कार्यक्रम सुरु भएको
थियो । भने बिशिष्ट अतिथि हरु र पोर्चुगल भएका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।                                                               

देश बाहिर भएता पनि समाजका सस्थापक अध्यक्ष्य तुलसीराम थपलियाले सम्पूर्णमा तिजको शुभकामना व्यक्त गरेको कुरा संस्थाका अध्यक्ष रवि अर्यालले जानकारी दिए ।

स्यांजा समाज पोर्तुगल, महिला समाज पोर्तुगल, NIALP सिलाई समुह, नारि समाज पोर्तुगल, बागलुङ समाज पोर्चुगल प्रतियोगितामा सहभागी भएका थिए ।

भगवान भण्डारी र देबिका के.सी निर्णायक रहेकाे प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलाे,
बागलुङ समाज पोर्चुगल दाेस्राे र NIALP सिलाई समुहले तेस्राे स्थान प्राप्त गरि क्रमश ३५०, २५०, १५० धनराशि पुरस्कारकाे भागीदार भएका थिए ।                 

कोरोना कहरले गर्दा २ वर्षसम्म खुला रूपमा हुन नसकेको तीज साँस्कृतिक कार्यक्रम यो बर्ष भने भव्य तयारीका साथ भएको कुरा समाजका अध्यक्ष अर्यालले जानकारी दिए ।

पोर्तुगलमा मात्र नभइ युरोपमा पहिलो पटक तिज गित प्रतियोगिता एबम सास्कृतिक कार्यकम गरेर तीज मनाउने शुरूवात चितवन समाज पोर्चुगलले गरेको कुरा उपाध्यक्ष सम्झना अधिकारी बताइन् । सथै कार्यक्रममा नेपाल देखी आउँनु भएका आमा बुबाहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम सन्चालन समाजका महा–सचिव तेजिन्द्र चालिसेले गरेका थिए भने प्रतीयोगिताको नतिजा सार्बजनिक गरी कलाकार जेबि ओलिले समापन गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?