अर्घाखाँची । पाणिनी गाउँपालिका वडा नं १ को स्टोररुममा स्थानियले ताला लगाएका छन् ।
पाणिनी गाउँपालिकाको वडा नं. १ पणेनामा खानेपानीका पाईप बितरणमा अनियमितता गरेको भन्दै नेकपा एमाले पाणिनी गाउँपालिका वडा नं. १ का अध्यक्ष हरी पोख्रेल सहित स्थानियले पाईप भण्डार गरीएको भुुडभुडे स्थीत सरकारी गोदाममा ताला लगाएका हुन् ।
अगिल्लो आर्थिक बर्षमा आएका पाईप स्थानीय सरकारले कुनै मापदण्ड नतोकी आफु खुसी अनाबश्यक बितरण गरेकोले सरकारी सम्पत्तीको दुरुपयोग नहोस् भनेर तालाबन्दी गर्नुपरेको पोख्रेलले बताए । उनले भने “पाईप स्थानीयको लागि ल्याएको भए आबश्यकताको आधारमा बितरण गरीनुपर्छ होइन भने आफ्ना कार्यकर्ता खुुसी पार्न अनियमितता गरेर बितरण गर्न पाइदैन ।”
यस्तै पाणिनी गाउँपालिका वडा नं. १ का निवर्तमान वडाध्यक्ष शालिकराम भट्टराईले पाईप बितरणमा कुनै अनियमितता नभएको बताएका छन् । वडामा आएका सबै पाईपहरु स्थानीयलाई बितरण गर्न नभई खानेपानी आयोजनाको लागि आएकाले वडाले बितरण गर्न नपाउने बताउदै उनले आयोजना समयमा नै सम्पन्न नहुदा पाईप यहाँ भण्डार गरीएको बताए । उनले पाणिनी गाउँपालिकाको कार्यालय संग सहकार्य गरी यसको समाधान छिटोभन्दा छिटो गरीने बताए ।
वडासंग कति पाइप भण्डार गरीएको हो, कति प्रयोगमा आए भन्ने एकीन बिवरण नभएकोले यसको पुर्ण जानकारी नआएसम्म ताला नखोलीने स्थानीयको भनाइ छ ।













