रुसले युक्रेनका थप ४ वटा क्षेत्रलाई भोलि औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने

एजेन्सी । रुसले युक्रेनका थप चार वटा क्षेत्रलाई भोलि शुक्रवार औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने भएको छ । यसअघि जनमत सङ्ग्रह गरेर अनौपचारिक परिणाम घोषणा गरेको रुसले भोलि पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिज्जिया र खेरसनलाई आफ्नो देशमा गाभ्ने घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।

चार वटा क्षेत्र गाभ्ने घोषणामा राष्ट्रपति पुटिनले भोलि हस्ताक्षर गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले बताए । रुसी समर्थित अधिकारीहरूले यसअघि पाँच दिने जनमत सङ्ग्रहबाट लगभग ९९ प्रतिशत नागरिकले रुसमा गाभिने पक्षमा मतदान गरेको दाबी गरेका थिए । गाभिन लागेका क्षेत्रले युक्रेनको १५ प्रतिशत भू–भाग ओगट्छन् ।

भोलि राष्ट्रपति कार्यालयमा हुने विशेष समारोहमा पुटिनले विशेष सम्बोधनसहित युक्रेनका चार वटा क्षेत्र गाभ्ने घोषणामा हस्ताक्षर गर्नेछन् । बेलुकी साङ्गीतिक कार्यक्रमसहित कन्सर्टको आयोजना गरिएको खबरमा उल्लेख छ ।

जनमत सङ्ग्रह र युक्रेनका क्षेत्रलाई रुसमा गाभ्ने निर्णयको अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतले भने मान्यता दिएको छैन । अमेरिकाले जनमत सङ्ग्रहको कारण रुसमाथि प्रतिबन्ध लगाउने बताएको छ भने युरोपेली सदस्य राष्ट्रहरूले पनि आठौँ चरणको प्रतिबन्धबारे विचार गरिरहेका छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?