नेकपा एसले टुंग्यायो १९ सिटमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको सो पार्टीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव डा वेदुराम भुसालले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट र नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवार बन्नेछन्। उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ क्षेत्र नं १,  पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नं २ र किसान श्रेष्ठ बारा क्षेत्र नं ४ बाट उम्मेदवारका रुपमा सिफारिस भएका छन्।

त्यसैगरी जीवनराम श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८, कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं २, विरोध खतिवडा मकवानपुर क्षेत्र नं २, श्रीनाथ बराल कास्की क्षेत्र नं २, रामकुमारी झाँक्री गुल्मी क्षेत्र नं २, सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नं २, राजु गुरुङ रुपन्देही क्षेत्र नं २, मेटमणि चौधरी दाङ क्षेत्र नं १, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख क्षेत्र नं १, भानुभक्त जोशी बझाङ र प्रेमबहादुर आलेले डोटीबाट उम्मेदवारी दिनेछन्।

प्रदेशसभा सदस्यका उम्मेदवारको छनोटका लागि गृहकार्य गरिरहेको सो पार्टीले जनाएको छ। पार्टीले दुवै सभाका समानुपातिक उम्मेदवारको नाम भने निर्वाचन आयोगमा बुझाइसकेको छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?