प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र आर्मी भिड्ने

काठमाडौं । दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा भिड्ने भएका छन्।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ र आर्मीले प्रतिस्पर्धा गर्न लागेका हुन्। आइतबार नै मूलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगिता कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। समूह ‘ए’मा एपीएफ, आर्मी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन्। समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले पाँच लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन्। यसैगरी उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पुरस्कार पाउने छन्। हरेक खेलको प्लेयर अफ दी म्याचले पाँच हजार पाउने छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?