राजेश हमालपछि पुकार बमको पक्षमा खुले दयाहाङ र दीपाश्री

काठमाडौं । चुनाव नजिकिंदै गर्दा मनपर्ने उम्मेदवारको पक्षमा कलाकारहरु खुल्न थालेका छन् । कोही घरदैलोमै हिंडेका छन् भने कोहीले सामाजिक सञ्जालबाटै भोट मागिरहेका छन् ।

अभिनेता दयाहाङ राई र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको पक्षमा खुलेका छन् । बम काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । मण्डला थिएटर पुगेका बमलाई दयाहाङले जितको शुभकामना दिए ।

यस्तै दीपाश्रीले पनि आफूलाई भोट गर्ने बताएको बमले उल्लेख गरेका छन् । बम मध्यबानेश्वरस्थित दीपाश्रीको घरमा भोट माग्न पुगेका थिए ।

दीपाश्रीलाई उद्धृत गर्दै बम लेख्छन्, ‘म काठमाडौं-१ कै मतदाता हुँ, पुकारलाई मत दिने कुरामा म तयार छु, यहाँ आजसम्म कोही आउनुभएको थिएन, तपाईं आउनुभयो ।’

अभिनेता राजेश हमालले पुकारलाई भोट माग्दै उनको विज्ञता र योग्यतालाई सदनमा पुर्‍याउनुपर्ने बताइसकेका छन् । महापुरुष निर्माता रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराई पनि बमकै पक्षमा खुलेका छन् ।

पछिल्लो समय कलाकारहरु दलभन्दा पनि उम्मेदवारको पक्षमा खुल्न थालेजस्तो देखिएको छ ।

केही साताअघि अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई र गायक राजेशपायल राई भोजपुरबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीलाई शुभकामना दिएका थिए ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?