back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

१० करोडको राँगो

spot_img

भारतको मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्वविद्यालयमा तीन दिवसीय अखिल भारतीय किसान मेलाको पहिलो दिन १० करोडको राँगो​ गोलु टु आकर्षणको केन्द्र बन्यो । हरियाणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान नरेन्द्र सिंहले मेलामा आफ्नो राँगो​ गोलु टुलाई लिएर गएका हुन् । गोलु टुलाई हेर्नका लागि मानिसहरुको अत्यधिक भीड लाग्यो ।

नरेन्द्र सिंहले बताए अनुसार उनको राँगोको नाम गोलु टु यसकारण छ किनभने यसको हजुरबुवाको नाम गोलु वान थियो र यो गोलु वानभन्दा पनि निकै शानदार छ, यसैकारण यसको नाम उसको हजुरबुवाको नाममा राखिएको हो । नरेन्द्र सिंहले बताए अनुसार उनको राँगो शुद्ध मुर्रा प्रजातिको हो र उसकी आमाले प्रतिदिन २६ किलो दुध दिने गर्छ ।

गोलु टु राँगोको तौल १५ क्विन्टल छ अर्थात् १५०० किलो र यो ४ वर्ष ६ महिनाको छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु हरेक दिन ३० किलो घाँस पात, ७ किलो गहुँ–चना र ५० ग्राम मिनरल मिक्सचर खान्छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु टुको वीर्यले उनले निकै आम्दानी भइरहेको छ ।

नरेन्द्र सिंहका अनुसार खरिदकर्ताले गोलु टुको मूल्य १० करोड भारुसम्म तोकेका छन् तर उनी यो बेच्न तयार नै छैनन् । किसान मेलामा आएका लगभग सबैजसो यो राँगोलाई देखेपछि चकित छन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?