भीपीएन बिनै कसरी हेर्ने इन्टरनेटमा ब्लक गरिएका वेबसाइट ?

काठमाडौं । आफूले चाहेको कुनै पनि वेबसाइटमा प्रयोग गर्ने सुविधा सबैलाई हुँदैन । यसमा पनि तपाईँ रहेको देशको सरकारले आफूले अनुमति नदिएका समाचार हेर्न नसकोस् भन्ने चाहेको हुनसक्छ ।

कतिपय अवस्थामा देशको नीति पछ्याउँदै दूरसञ्चार कम्पनीले नै साइटमा प्रतिबन्ध लगाएका हुन्छन् । चाहे जुनसुकै सन्दर्भ नै किन नहोस्, ब्लक भएका वेबसाइट हेर्ने अनेक उपाय हुन्छन् ।

विशेषगरी भीपीएन प्रयोग गरी वा डीएनएस परिवर्तन गरेर ब्लक गरिएका साइट खोल्न सकिन्छ । आज हामी भीपीएन प्रयोग नगरेरै ब्राउजरको सेटिङबाट त्यस्ता साइट कसरी खोल्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

ब्लक भएका वेबसाइट माेबाइलमा हेर्ने तरिका

-सबैभन्दा पहिले क्रोममा जानुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लामा ट्याप गर्नुहोस् ।

-अनि ‘सेटिङ’ अप्सनमा जानुहोस् ।

-सेटिङमा गइसकेपछि ‘प्राइभेसी एन्ड सेटिङ’ अप्सनमा जानुहोस् ।

-यति गरेपछि  त्यहाँ रहेको ‘युज सेक्युअर डीएनएस’ (Secure DNS)  मा जानुहोस् ।

-अनि तल रहेको ‘चुज एनोदर प्रोभाइडर’को अप्सनमा जानुहोस् ।

-त्यसपछि कस्टुमाइज्डमा ट्याप गरेर क्लाउडफ्लेयर (१.१.१.१) छान्नुहोस् ।

यति गरिसकेपछि तपाईँको स्मार्टफोनको क्रोम ब्राउजरमा ब्लक गरिएका साइट चल्न थाल्छन् ।

ल्यापटप वा डेस्कटपमा यसरी खोल्नुहोस् ब्लक गरिएका साइट

कम्प्युटर वा ल्यापटमा सबैले एउटै ब्राउजर प्रयोग गर्छन् भन्ने हुँदैन । हामीले यहाँ दिएको प्रक्रिया हरेक ब्राउजरका लागि लागू हुन्छ । ब्लक गरिएका साइटहरू खोल्न तलको प्रक्रिया अपनाउनुहोस्;

-सबैभन्दा पहिले आफूले प्रयोग गर्ने ब्राउजर खोल्नुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्ला वा लाइनमा क्लिक गर्नुहोस् ।

-यति गरेपछि त्यहाँ रहेको ‘सेटिङ’ अप्सनमा जानुहोस् ।

-अनि बायाँपट्टि रहेको ‘प्राइभेसी एन्ड सेटिङ’ अप्सन छान्नुहोस् ।

यति गरेपछि त्यहाँ रहेको ‘सेक्युरिटी’ अप्सन छान्नुहोस् ।

-त्यसपछि ‘युज सेक्युअर डिएनएस’ (Use Secure DNS) को अप्सनमा रहेको ‘विथ’ (With) अप्सन छानी कस्टममा क्लिक गर्नुहोस् ।

-र, क्लाउडफ्लेयर (१.१.१.१) को अप्सन छान्नुहोस् ।

यति गरेपछि तपाईँले ब्लक गरिएका साइट खोल्न सक्नुहुन्छ ।

साइट ब्लक गर्नुमा तपाईँ रहेको देश, उक्त साइटले निम्ताउने समस्या, वा अन्य विविध कारणहरू हुन सक्छन् । यस्तोमा ब्लक गरिएका साइट खोलिसकेपछि व्यक्तिगत विवरण राख्ने वा एक्सेस दिने काम गर्नु हुँदैन । साथै यस्ता साइट ब्राउजरमा भएको इनकग्निटो मोडमा खोल्दा सुरक्षित भइन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?