महत्वपुर्ण निर्णय गर्दै काँग्रेस अर्घाखाँचीको बैठक सम्पन्न

अर्घाखाँची नेपाली काँग्रेस अर्घाखाँचीको समिक्षा बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । विभिन्न ३ वटा महत्वपुर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

वि.पी. स्मृति भवन सन्धिखर्कमा २ दिनसम्म चलेको बैठकलले हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित वातावरण सम्पन्न गराउन महत्वपुर्ण भुमिका खेल्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्र सेवक कर्मचारी, गठबन्धनमा आबद्ध दलका नेता, भातृ संघ/संगठनका नेता तथा कार्यकर्ता, पत्रकार तथा आम जिल्लाबासिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका उम्मेदवारहरु टोप बहादुर रायमाझी, चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरेसँगै देशैभरबाट निर्वाचित जनप्रतिनिधिहरुको सफल कार्यकालको कामना सहित बधाई ज्ञापन गर्ने भएको छ । साथै जिल्लाको विकास एवं समृद्धिमा हातेमालो गर्न काँग्रेस अर्घाखाँची तयार रहेको प्रतिवद्धता व्यक्त गर्ने समेत निर्णय गरेको प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए ।

गठबन्धनका साझा उम्मेदवारहरुलाई मत प्रदान गर्ने जिल्लाका ६१ वटै वडाका मतदाताहरुलाई धन्यवाद दिन वडा तथा पालिका स्तरमा कार्यक्रम गर्ने निर्णय प्रचार विभाग प्रमुख भुसालको भनाई छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?