नेता, यमराज र चुनाव (लघुकथा)

एउटा नेता मरेपछि यमपुरी पुगेछ, त्यहाँ यमराजले उसको भव्य स्वागत गरेछ । त्यसपछि यमराजले भनेछ “म चाहन्छु हजुरलाई स्वर्ग वा नर्क लानुभन्दा अघि तपाईं एकपल्ट दुईटै ठामको राम्रोसँग अवलोकन गर्नुस्, जहाँ हजुरलाई बस्नका लागि अनुकुल हुन्छ त्यहीँ बस्न सक्नुहुनेछ ।”

यमराजले यमदूतलाई बोलाएर भनेछ कि “हाम्रो नेतालाई एकदिनको लागि नर्क लिएर जाऊ, अनि एकदिन स्वर्गको पनि भ्रमण गराएर ल्याऊ । ”यमदूतले नेतालाई नर्क लिएर गएछ, नेता नर्कको अवस्था देखेर अचम्ममा परेछ । चारैतिर हरियो घाँस रैछ, जहाँ उसले गल्फ मैदानमा उसका पुराना साथीहरू गल्फ खेलिरहेको देख्यो । उसले आफ्ना पुराना साथीहरूलाई भेट्यो, अनि रातभरि विगतका कुराहरू गर्दै रक्सी पिएर आनन्द लियो ।

भोलिपल्ट यमदूले नेतालाई स्वर्गको भ्रमणमा लिएर गयो । जब ऊ स्वर्गको द्वारमा पुग्यो, ढोका आफैँ खुल्यो । नेताले त्यहाँ देख्यो।।। चारैतिर उज्यालो छ, त्यहाँ भएका सबै मान्छेहरू शान्त छन्, कोई पनि एकआपसमा कुरा गरिरहेका छैनन्, मधुर संगीतको धुन बजिरहेको छ, सबै आआफ्ना काममा व्यस्त छन्, उसले एकदम मजाले अवलोकन गर्यो र मुस्किलले एकदिन जसोतसो बितायो ।

नेताले यमराजलाई भन्यो “हुन त स्वर्ग पनि आनन्ददायक छ, शान्त छ तर मेरो लागि त्यहाँ समय बिताउन मुस्किल हुन्छ । त्यसैले मलाई नर्कमै लानुस् । त्यहाँ मेरा साथीहरू पनि छन्, एकदम आनन्द आउँछ ।”

त्यपछि यमराजले उसलाई नर्कमा पठाउने आदेश दियो ।

यमदूतले नेतालाई लिएर जब नर्कमा पुग्यो, त्यहाँको दृश्य देखेर नेता छक्क पर्यो । त्यहाँ पहिलेकोज स्तो अवस्था थिएन । एकदमै बञ्जर भूमि, जहाँ फोहोरका डङ्गुरहरू मात्र थिए । उसले त्यहाँ आफ्ना साथीहरूको बिजोग देख्यो, जहाँ एकदमै फाटेका र मैला लुगाहरू लगाएर साथीहरू फोहोर बटुल्दै थिए । त्यो सब देखेर नेता डरायो । यमदूतले डरलाग्दो हाँसो हाँस्दै नेतालाई सोध्यो “के भो नेताजी”

नेताले भन्यो “मैले केही बुझ्न सकिनँ, हिजो जब म यहाँ आएको थिएँ त्यतिबेला यहाँ चारैतिर घाँसे मैदान थियो । मेरा सब साथीहरू गल्फ खेलिरहेका थिए । फेरि उनीहरूसँग बसेर मैले रक्सी पिएर पनि मोज गरेको थिएँ । आज यहाँ सब फोहोरको डङ्गुर मात्र छ । मेरा साथीहरूको अवस्था नि नाजुक छ । यो सब के हो ?”

यमदूतले मुस्कुराउँदै भन्यो “नेताजी, हिजोसम्म हामी चुनाव प्रचारमा थियौँ, आज हजुरले हाम्रो पक्षमा मतदान गरिसक्नु भयो।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?