बसको ठक्करबाट पाल्पामा एक वृद्धाको मृत्यु

पाल्पा । पाल्पामा बसको ठक्करबाट तानसेन नगरपालिका वडा नं. १२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको छ । गुल्मीबाट बिहीबार बुटवल जाँदै गरेको  लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बसको ठक्करले सख्त घाइते भएकी विकलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही बसबाट झरेर घरतर्फ जाने क्रममा उनलाई बसले ठक्कर दिएको हो । चालक र सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । तानसेन-रिडी सडक बन्द भएकाले लुहुङ हुँदै गुल्मी जाने सवारी साधन सञ्चालनमा छन् ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?