उपसभामुखको उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

काठमाडौं । उपसभामुखका निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ताका लागि संघीय संसद् सचिवालयले दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।

‘प्रतिनिधिसभा सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता आज हुने सचिवालयले जनाएको छ।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार सवा ४ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुनेछ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने बैठकमा हुने योगीले जानकारी दिए।

उपसभामुखका लागि सत्ता साझेदार दलले रास्वपाका सांसद सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ।  सत्ता गठबन्धन बाहिर रहेको र सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन।

प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?