कृष्ण मा.वि परिसरमा निर्माणाधिन सरस्वती मन्दिर अन्तिम चरणमा

पाणिनि । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा रहेको कृष्ण माध्यमिक विद्यालय परिसरमा निर्माणाधिन सरस्वती मन्दिर अन्तिम चरणमा पुगेको छ । विद्यालयका पूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकार घिमिरेले आफ्नै लगानीमा मन्दिरको निर्माण गर्न लागेका हुन् ।

घिमिरेले कृष्ण माविमा ३६ वर्ष अध्यापन गराएका थिए । लामो समय अध्यापन गराएर सेवानिवृत्त जीवन बिताइरहेका घिमिले विद्यालयमा परिसरमा सरस्वतीको मन्दिर बनाउन लागेका हुन् ।

आफ्नो पुरा सक्रिय जीवन मै यसैविद्यालयमा बिताएका घिमिरेले पछिल्लो पुस्ताले पनि याद गर्ने गरि मन्दिर निर्माण गरेको बताए । उनले लामो समय बिताएको विद्यालयलाई सहयोग पुग्ने गरी सम्झना स्वरुप मन्दीर निर्माणको योजना बनाएको जानकारी दिए ।

विद्यालयको परिसरमा नै मन्दीर बनाउँदा विद्यार्थीहरुमा समेत राम्रो सन्देश प्रवाह हुने र पठनपाठनमा समेत विद्यार्थीको रुची बढ्ने घिमिरेको विश्वासको छ । मन्दिरमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वतीको मूर्ति समेत राखिने घिमिरेले जानकारी दिए ।

सरस्वती विद्याकी देवी मानिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँने समेत गरिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास रही आएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?