back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

कृष्ण मा.वि परिसरमा निर्माणाधिन सरस्वती मन्दिर अन्तिम चरणमा

spot_img

पाणिनि । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा रहेको कृष्ण माध्यमिक विद्यालय परिसरमा निर्माणाधिन सरस्वती मन्दिर अन्तिम चरणमा पुगेको छ । विद्यालयका पूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकार घिमिरेले आफ्नै लगानीमा मन्दिरको निर्माण गर्न लागेका हुन् ।

घिमिरेले कृष्ण माविमा ३६ वर्ष अध्यापन गराएका थिए । लामो समय अध्यापन गराएर सेवानिवृत्त जीवन बिताइरहेका घिमिले विद्यालयमा परिसरमा सरस्वतीको मन्दिर बनाउन लागेका हुन् ।

आफ्नो पुरा सक्रिय जीवन मै यसैविद्यालयमा बिताएका घिमिरेले पछिल्लो पुस्ताले पनि याद गर्ने गरि मन्दिर निर्माण गरेको बताए । उनले लामो समय बिताएको विद्यालयलाई सहयोग पुग्ने गरी सम्झना स्वरुप मन्दीर निर्माणको योजना बनाएको जानकारी दिए ।

विद्यालयको परिसरमा नै मन्दीर बनाउँदा विद्यार्थीहरुमा समेत राम्रो सन्देश प्रवाह हुने र पठनपाठनमा समेत विद्यार्थीको रुची बढ्ने घिमिरेको विश्वासको छ । मन्दिरमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वतीको मूर्ति समेत राखिने घिमिरेले जानकारी दिए ।

सरस्वती विद्याकी देवी मानिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँने समेत गरिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास रही आएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?