अर्यालले आईसीसीको सदस्य पदका लागि उम्मेदवारी दिने

गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका सचिव रवि अर्यालले जुलाई ३० मा हुने संघको ९ औं अधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीको सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन् ।

अर्यालले वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर काम गरिरहँदा पनि आफूले कर्तव्य कहिल्यै नभुलेको एनआरएनएका हरेक गतिविधिमा सक्रिय भएर लागेकाले आइसीसीमा गएर काम गर्न पनि आफूलाई नैतिक बल मिलेको बताएका छन् ।

उनले संघ नेपाल बाहिर रहेका नेपालीको हक अधिकारको सुरक्षा लागि र एनसीसी र केन्द्रबीच कोसेढुंगा सावित भएको बताएका छन् । उनले संघलाई सकेसम्म विवादरहित बनाउन आफूले भूमिका खेल्ने बताएका छन् । अर्यालले अबको एनआरएनएलाई प्रविधिमैत्री बनाउने पर्नेमा जोड दिँदै आफू विजयी भए यो कुरा लागू गर्न पहल गर्ने बताए । ‘अबको जमना प्रविधिको जमना हो संसार क्रृत्रिम बौद्धिकता आर्टिफिसेल इन्टिलेजेन्ट एआईको हो’, उनले भनेका छन्, ‘परम्परागत ढर्राबाट चलिरहेको एनआरएनको छिटो छरितो र सहज ढंगले काम गर्ने वातावरण बनाउन म भूमिका खेल्नेछु ।’

निर्वाचनमा प्रतिस्पर्धा गरिसकेपछि हारजीत जे भए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने उनले बताएका छन् । जीत हात पारे प्रतिबद्धताअनुसार काम गर्ने र पराजित भए विजेतालाई सहयोग गरी अघि बढ्ने उनको भनाइ छ ।

१० वर्ष देखि पोर्चुगलमा व्यवसाय गर्दै आएका रवि चितवन समाज पोर्चुगलका अध्यक्ष समेत हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?