अर्घाखाँची ।
साइन रेशुङ्गा डेभलपमेन्ट बैंक सन्धिखर्क र चुत्राबेशी शाखाको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ । धार्मिक तथा पर्यटकिय स्थल अर्घा भगवती मन्दिर एवं अर्घा दरबार परिसरमा धार्मिक महत्वका कपुर, रक्तचन्दन, रुद्राक्ष, पारिजात, धुपि लगायत विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको बैंकका कर्मचारी जनार्दन भट्टराईले बताए ।
सो अवसरमा सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले साइन रेहुङ्गा डेभलपमेन्ट बैंकले गरेको बृक्षारोपण कार्यक्रम एक अनुकरणीय कार्य भएको र आगामि दिनहरुमा पनि हरित क्रियाकलापमा आफ्नो साथ रहिरहने बताइन् ।
यस्तै, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले पनि बृक्षारोपण कार्यक्रम सराहनीय भएको उल्लेख गरे ।
वृक्षारोपणमा नेकपा एमाले जिल्ला कमिटि सदस्य कमला भण्डारी, सोही वडाका वडा सदस्य सिमा परियार, बैंकका सन्धिखर्क शाखाका शाखा प्रबन्धक महेश घिमिरे, चुत्राबेशि शाखाका शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराई लगायतको उपस्थिति थियो ।