साइन रेशुङ्गा बैंकद्वारा वृक्षारोपण, ‘ग्रो ग्रिन पोजेक्ट’ अन्तर्गत पर्यावरण संरक्षण अभियानमा दरिलो साथ

 अर्घाखाँची ।

साइन रेशुङ्गा डेभलपमेन्ट बैंक सन्धिखर्क र चुत्राबेशी शाखाको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ । धार्मिक तथा पर्यटकिय स्थल अर्घा भगवती मन्दिर एवं अर्घा दरबार परिसरमा धार्मिक महत्वका कपुर, रक्तचन्दन, रुद्राक्ष, पारिजात, धुपि लगायत विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको बैंकका कर्मचारी जनार्दन भट्टराईले बताए ।

सो अवसरमा सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले साइन रेहुङ्गा डेभलपमेन्ट बैंकले गरेको बृक्षारोपण कार्यक्रम एक अनुकरणीय कार्य भएको र आगामि दिनहरुमा पनि हरित क्रियाकलापमा आफ्नो साथ रहिरहने बताइन् ।

यस्तै, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले पनि बृक्षारोपण कार्यक्रम सराहनीय भएको उल्लेख गरे ।

वृक्षारोपणमा नेकपा एमाले जिल्ला कमिटि सदस्य कमला भण्डारी, सोही वडाका वडा सदस्य सिमा परियार, बैंकका सन्धिखर्क शाखाका शाखा प्रबन्धक महेश घिमिरे, चुत्राबेशि शाखाका शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराई लगायतको उपस्थिति थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?