एनएमबि बैंकका ग्राहकलाइ क्रीम्सन हस्पिटलमा छुट

बुटवल । एनएमबि बैंक र रुपन्देहीको तिलोत्तमा मणिग्राम स्थित क्रीम्सन हस्पिटलबीच एक सम्झौता भएको छ ।

एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले क्रीमसन हस्पिटलबाट प्रदान गरिएका सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौता अनुसार ल्याव इन्भेस्टीकेसन, फुल बोडी चेकअफ, माइनर प्रोसिडर, ड्रेसिङ्ग, अप्रेसन चार्ज, एक्सरे, भिडियो एक्सरे, सिटिस्कान, बेड चार्ज, इसिजि, इको, इन्डोसकपि, क्लोनकपि, फिजियोथेरापी सेवाहरुमा एनएमबि बैंकका कर्मचारी र ग्राहकले १० प्रतिशत छुट पाउने बैंकका बुटवल शाखा प्रबन्धक नविन पोख्रेलले जानकारी दिए । आफ्ना ग्राहकलाइ उपचारको क्रममा राहत होस् भनेर सम्झौता गरिएको उनले बताए ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र क्रीम्सन हस्पिटलका हस्पिटल डाइरेक्टर शेखर प्रसाद पोख्रेलले हस्ताक्षर गरेका छन् । एनएमबि बैंक बुटवल शाखा प्रबन्धक नविन पोख्रेल र क्रीम्सन हस्पिटलका हस्पिटल डाइरेक्टर शेखर प्रसाद पोख्रेलले हस्ताक्षरित सो सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।

सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरुले सुबिधा लिइ लाभान्वित हुने बुटवल शाखाका बिडिएम कविता गौतमले बताईन्। छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने उनले जानकारी दिइन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?