back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

भारतसँग श्रीलंकाको ३०२ रनको लज्जास्पद हार

spot_img

 काठमाडौं । आईसीसी क्रिकेट विश्वकपमा भारतले श्रीलंका ३०२ रनको विशाल अन्तरले पराजित गरेको छ।

यससँगै जारी प्रतियोगितामा अपराजित भारत सेमिफाइनलमा प्रवेश गरेको छ । मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो। ओपनर रोहित शर्मा ४ रनमै मधुशंकाको शिकार भए। तर त्यसपछि शुभमन गिल र विराट कोहलीले १८९ रनको साझेदारी गरे। गिलले ९२ र कोहली ८८ रन बनाएर आउट भए। तेस्रो नम्बरमा मैदान आएका श्रेयस अयरले पनि ८२ रनको योगदान दिए। केएल राहुलले २१ रन बनाए।​

श्रीलंकाका दिलशान मधुशंका एक्लैले ५ विकेट लिए। देशमुख चमिराको नाममा १ विकेट रह्यो। जवाफमा श्रीलंकाले खराब प्रदर्शन गर्‍यो। उसले ३ रनमै ४ विकेट गुमायो। पाथुम निशान्का, दिमुथ करुणारत्ने, दुशन हेमन्था, दुशमन्था चमिरा र सादिरा मसराविक्रमा शून्यमै पवेलियन फर्किए।

 कप्तान कुशल मेन्डीस र चरिथा आशल‌ंकाले ११ रन बनाए। कसुन रजिथाले सर्वाधिक १४ रन बनाए। १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदा ५५ रन मात्र बनाउन सफल भयो।

भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिँदा मोहम्मद शिरजले ३ विकेट लिए। जीतपछि १४ अंक बनाएको भारत २ खेल अगावै सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्यो।

प्रतियोगिता अन्तरगत आज अफगानिस्तान र नेदरल्याण्ड्स आमने सामने हुनेछन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?