उमेर हदका कारण प्राध्यापक पद्मप्रसाद भट्टराईको स- सम्मान विदाइ

काठमाडौं ।    नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, न्याय- विभागका प्रमुख, वाल्मीकि विद्यापीठ र महेन्द्रनगरस्थित शारदा विद्यापीठका पूर्वप्राचार्य, पौरस्त्य दर्शनशास्त्रका व्याख्याता, नव्यन्यायका आधिकारिक तथा उद्भटविद्वान् प्राध्यापक पद्मप्रसाद भट्टराई गुरुवर मिति २०८० कार्त्तिक १९ गते शनिवारदेखि ६३ वर्षको उमेरहदका कारण औपचारिक रूपमा विश्वविद्यालयीय प्रत्यक्ष प्राध्यापन सेवाबाट निवृत्त भएका छन् ।

वाल्मीकि विद्यापीठ प्रशासनका तर्फबाट प्राचार्य प्रा.डा. भागवत ढकालको संयोजकत्वमा उनलाई सम्मानसहित बिदाइ गरिएको छ र न्याय विभागाध्यक्ष भट्टराई गुरुको निवृत्तिपश्चात् सो जिम्मेवारी (विभागाध्यक्ष-पद) न्यायविभागका ज्येष्ठ तथा श्रेष्ठ प्राध्यापक , नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकुलसचिव, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायलाई सुम्पिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ न्याय शिक्षण विभागका विभागीय प्रमुख डा. पद्मप्रसाद भट्टराई पौरस्त्य दर्शनका आधिकारिक विद्वान् हुनुहुन्छ । वि.सं. २०१७ कार्तिक १९ गते कोराङ, आङ्दिम, तेह्रथुममा पिता नारायण र माता तुलसादेवी भट्टराई द्वितीय पुत्ररत्नका रूपमा जन्मिएका भट्टराई महेन्द्र विद्याभूषण पदक, स्वर्णपदक, शिक्षापदक जस्ता पदकबाट विभूषित भएका थिए । शारदा विद्यापीठ, कञ्चनपुर एवं वाल्मीकि विद्यापीठ, काठमाडौँका पूर्व प्राचार्य प्रा. भट्टराई नेपाल प्राध्यापक संघ वाल्मीकि एकाइका पूर्व सभापति समेत हुन् । शिवपुराणम्, न्यायदर्शनम्, गौतमन्यायसूत्रम्, शरणागति, नित्यकर्मपूजाप्रकाश, गोपालनिधि तिवारीका दार्शनिक रचना, पौरस्त्य दर्शन एक चिनारी, रामानुजाचार्यको विशिष्टाद्वैतदर्शन, विद्वान श्रीकृष्णमाचार्य, उपदेश रत्नमालाको नेपाली व्याख्या लगायत एक दर्जन जति कृति र दर्जनौँ अनुसन्धानात्मक लेखरचनाका स्रष्टा, सम्पादक प्रा. भट्टराई पठनपाठन र विद्याव्यसनमा गतिशील व्यक्तित्व हुन् । विद्यार्थीमाझका प्रिय, संस्थागत हितलाई सर्वोपरिे राखेर चिन्तन गर्ने, सहयोगी सहकर्मीसँंग स्पष्टवक्ता, शास्त्रार्थनिपुण आध्यात्मिकचेत र संस्कारका पर्याय प्रा. पद्मप्रसाद भट्टराई आफ्नो उमेरहदका कारणले सेवानिवृत्त हुँदै गर्दा उहाँको भावी जीवन निरोगिता सहित सुख, समृद्धि र भगवत्कैङ्कर्य प्राप्तिमा क्रियाशील रहोस् भन्ने शुभकामना सहित आयोजकले स-सम्मान विदाइ गरेको वाल्मीकि विद्यापीठका उप-प्राध्यापक उमेशप्रसाद घिमिरेले बताएका छन् ।

उक्त बिदाइ तथा सम्मान समारोहमा समुपस्थित विभिन्न संघसङ्ठनका प्रतिनिधिहरूले समेत प्राध्यापक पद्मप्रसाद भट्टराईलाई शुभकामना दिएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?