गुल्मी : १५ वर्षीया किशाेरीकाे बलात्कारपछि हत्या गर्ने एक युवा पक्राउ

गुल्मी । गुल्मीमा १५ वर्षीया किशाेरीकाे बलात्कारपछि हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेकाे खजुरा गाउँपालिका–७ घर भई अहिले चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षीय रहिस खाँ रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । खाँले चन्द्रकोट–५ मा बसाेबास गर्दै आएकी बाग्लुङको बरेङ गाउँपालिका–३ कि किशाेरीलाई बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

किशाेरीकाे शव गएकाे शुक्रवार चन्द्रकोट–४ हुग्दी खोलामा फेला परेको थियो । पक्राउ परेका खाँलाई गुल्मी जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुर र करणीसम्बन्धी कसुर गरेको मुद्दामा पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रधानले बताए ।

ती किशाेरी आमासँग कोठा भाडामा चन्द्रकोटमा बस्दै आएकी थिइन् । शुक्रवार दिउँसाे खेतमा काम गरिरहेका खेतालालाई सुर्ती किन्नका लागि बजार निस्किएपछि उनी बेपत्ता भएकी थिइन् ।

किशाेरीकाे हत्यारालाई सार्वजनिक गरी कडाभन्दा कडा सजाएको माग गर्दै स्थानीयसँगै जिल्लाका अधिकारकर्मीले आन्दाेलन गरिरहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?