back to top
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
IPL 2024
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
spot_img

गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो

Workplace

हाम्रा परम्परागत मूल्य, मान्यता, नैतिकता एवम् संस्कारको जरैसम्म पुगेर शिक्षा प्रदान गर्ने संस्कृत गुरुकुलहरु यतिबेला विद्यार्थीहरुले भरिभराउ देखिन थालेका छन् । यसै सन्दर्भमा नेपालकै सर्वाधिक चर्चित र व्यवस्थित मानिएको तनहु जिल्लास्थित पवित्रस्थल देवघाटमा रहेको महेश संस्कृत गुरुकुलमा कक्षा-६ मा प्रवेशका लागि लिखित परीक्षा सम्पन्न भएको छ । जसमा लगभग २५० परीक्षार्थीमध्ये ६० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने गुरुकुलका लागि ३०जनामात्र विद्यार्थी आवश्यक रहेको गुरुकुलका प्राचार्य फणिन्द्रराज पौडेलले बताए ।

Workplace

कतै विद्यार्थीहरुको खडेरी त कतै विद्यार्थीहरुको थेगिनसक्नुको चाप । नैतिकता र सस्कारको अभाव महसुस सबैतिर हुँदैजादा पछिल्लो समय गुरुकुलीय संस्कृत शिक्षाको पुनर्जागरणजस्तै भइरहेको छ । संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि ह्वात्तै बढेको छ । प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन भइरहेको छ । उच्च शिक्षासम्मको संस्कृत शिक्षाको नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयले गरेको छ ।

संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्द्धनका साथै संस्कृत भाषाभित्र सञ्चित रहँदै आएका मानवका लागि उपयोगी ज्ञान–विज्ञान हासिल गर्न यस्तो शिक्षा फलदायी हुने विश्वास गरिँदै आइएको छ । संस्कृत शिक्षाप्रतिको आकर्षण बढेसँगै पछिल्लो समय चितवन, पोखरा, रुपन्देही, कपिलवस्तु, झापा लगायत देशका विभिन्न जिल्लाहरूमा संस्कृत गुरुकुल आश्रमहरु सन्चालित छन् ।

हाम्रो पूर्वीय सभ्यताको जननी संस्कृत भाषालाई हामीबाट विस्थापित गराउन पश्चिमाहरु र तिनीहरुका भक्तहरुले ठूलो कसरत गरे । एक हदसम्म उनीहरु सफल पनि भए । आज पू्र्खाले नासोका रुपमा दिएको त्यो भव्य संस्कृति अनि सस्कृत भाषालाई इतिहासको विषयका रुपमा सीमित गराउने प्रयासलाई विफल पार्नको लागि यस्ता गुरुकुलहरु कोशेढुङ्गा सावित हुँदै गएका छन् ।

देवघाटको महेश सन्यास आश्रम समितिले श्री महेश सन्यास संस्कृत गुरुकूल विद्याश्रम सञ्चालनमा ल्याएको छ । विसं २०५० सालमा स्वामी रामानन्द गीरिको नेतृत्वमा महेश सन्यास आश्रमको स्थापना भएको थियो भने २०५२ सालमा महेश सस्कृत गुरुकुल सन्चालन एवं अध्ययन अध्यापन हुँदै आएको थियो । वि.सं. २०५२ सालदेखि सञ्चालनमा आएको उक्त गुरुकुलमा २२५ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयका प्राचार्य फणिन्द्र पौडेलका अनुसार गुरुकुलले कक्षा ६ मा विद्यार्थी भर्ना लिई आचार्य तहसम्म अध्यापन गराउने उद्देश्यले गुरुकुल तथा विद्यापीठ सञ्चालनमा ल्याइएको हो प्राचार्य पौडेलले बताए । हाल गुरुकुलमा कक्षा ६ देखि आचार्य कक्षासम्म अध्यापन भइरहेको छ । गतवर्ष एसइई परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये शतप्रतिशत विद्यार्थीहरु उतीर्ण भएको जानकारी महेश छात्र परिषद्का सस्थापक अध्यक्ष डा. उमेशप्रसाद घिमिरेले जानकारी दिए ।

तनहुको देवघाटस्थित गुरुकुलमा आवासीयरूपमा नै विद्यार्थीलाई संस्कृत शिक्षा अध्यापन गराइँदै आइएको छ । गुरुकुलमा परम्परागततर्फ संस्कृत व्याकरण, ज्योतिष, कर्मकाण्ड, संस्कृत भाषा, न्याय तथा वेदान्त दर्शन विषय र आधुनिकतर्फ अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषय अध्यापन गराइँदै आएको जानकारी अध्यक्ष घिमिरेले दिए ।

महेश सन्याश गुरुकूलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी उपनिषद् घिमिरेले आफ्नो सानैदेखिको रुचि संस्कृत शिक्षा भएकै कारण संस्कृत शिक्षा अध्ययन गरेको बताए । संस्कृत शिक्षाले आफूलाई सन्तुष्टि प्रदान गरेको र आफ्नो अध्ययन पनि यसैमा अघि बढाउने भनाइ उनको छ । संस्कृत शिक्षाले बोलीमा स्पष्टता, उच्चारण गर्ने शैलीको विकास, शब्द चयनमा मिठास, उदार तथा आफ्नो माटोप्रतिको भक्तिको भावना प्रदान गरेको अनुभव आफूसँग भएको विद्यार्थी घिमिरेको भनाइ छ । गुरुकुलका शिक्षक सन्तोष गीरिका अनुसार विद्यार्थीले प्रत्येक दिन साझ- बिहान मन्दिरमा आरती समेत गर्ने गरेका छन् । समयानुकूलका शैक्षिक तथा प्राज्ञिक जनशक्ति उत्पादन गर्न संस्कृत शिक्षा फलदायी हुने भनाइ गीरिको छ ।

उक्त गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा छ । नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता सम्पन्न राष्ट्र भएकाले विविध धर्म, संस्कृति, सभ्यता, इतिहास, कला, वास्तुकला, रहनसहन, रीतिरिवाज तथा सयौँ जातजातिका भाषा भाषिकाको अध्ययन, अनुसन्धान र संरक्षणमा सहयोग पुग्ने विश्वास गीरिको रहेको छ । विद्याश्रम सरोकारवालाबाट निकै राम्रो साथ र सहयोग पाउँदै आएको र आगामी दिनमा पनि संस्कृत शिक्षाको विकास र विस्तारमार्फत हाम्रा प्राच्य ऋषिमहर्षिहरूको तपस्याबाट सिर्जित ज्ञानराशिलाई आम जनसमक्ष पुर्‍याउनका लागि यो शिक्षा फलदायी हुने उनले बताए ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?