back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

आर्थिक संकटले युवाहरू विदेश जान बाध्यः जम्सेर मियाँ

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्सेर मियाँले “पछिल्लो समय उद्योगी व्यवसायीहरू आर्थिक संकटको घेरामा परेको बताउनु भएको छ ।

Workplace


अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सुरु भएको अर्घाखाँची महोत्सव, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलामा मन्तव्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मियाँले देशको अर्थतन्त्र असन्तुलित र संकटको अवस्थामा रहेको बताउनुभयो ।
विशेष गरी औद्योगिक क्षेत्रमा समस्या थपिएका छन्। यसले गर्दा युवाहरूलाई विदेश जान बाध्य बनाएको छ।” उहाँले भन्नुभयो, “आर्थिक संकटको समाधान नगरेसम्म देशको अवस्था अझै बिग्रन सक्छ। उद्योग, कृषि र पर्यटन क्षेत्रलाई सुदृढ पार्नको लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नु आवश्यक छ।ू
मियाँले हालको आर्थिक स्थिति र व्यापारमा रहेका समस्याहरूका कारण उद्योगीहरूको व्यवसाय सञ्चालनमा समस्या आएको भन्दै यसको समाधान खोज्नका लागि साझा पहल आवश्यक रहेको बताउनु भयो।
महोत्सवको उद्घाटन प्रदेश प्रमुख नजिर मियाँले पञ्चेबाजा र विभिन्न झाकीहरूको साथमा गर्नुभएको थियो।
अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आयोजना भएको महोत्सव आगामी माघ १२ गतेसम्म सञ्चालन हुने छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?