अलपत्र ५० सैंयाको अस्पताल भवन निर्माण गर्नमा पहल गर्छु : नवनियुक्त अध्यक्ष मिश्र

सन्धिखर्क । अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा बलराम मिश्रले पदभार ग्रहण गरेका छन् । केहीदिन अघि लुम्बिनी प्रदेश सरकारले नियुक्ति गरेका मिश्रलाई अर्घाखाँची  अस्पताल सन्धिखर्कले एक कार्यक्रमको आयोजना गरी पदभार ग्रहण गराएको हो ।

पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष मिश्रले लामो समयदेखि अलपत्र रहेको ५० सैंयाको अर्घाखाँची अस्पतालको भौतिक पुर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले डायलाईसिस सेवा सञ्चालनको अन्तिम चरणमा पुर्याएको अस्पताललाई छिट्टै सञ्चालन ल्याउने बताउँदै अर्थोपेडिक, इन्डोस्कपी लगायतका अत्याधुनिक प्रविधि ल्याउन पहल गर्ने बताए ।

नवनियुक्त अध्यक्ष मिश्रले गुणस्तरीय र मुस्कानसहितको सेवा प्रदान गर्न स्थास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

कार्यक्रम अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष श्रीकृष्ण भुसाल, सदस्य मेनका पौडेल, अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.जगन्नाथ तिवारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम डा.जगन्नाथ तिवारीको अध्यक्षता र अस्पताल व्यवस्थापक शिव बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिष्णु खनाल
लेखकको बारेमा

बिष्णु खनाल

लामाे समयदेखि पत्रकारीता गर्दै आएका खनाल समाचारपाेष्ट डटकमका स‌ंवाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?