अर्घाखाँची । पाणिनी गाउँपालिकामा पत्रकार र जनप्रतिनिधीबिच परीचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार पाणिनी पत्रकार समाज, नेपालको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरु र पत्रकारहरुकोबिचमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका भएको हो । पत्रकार राज्यको चौथो अङ्ग रहेको भन्दै स्वच्छ रुपमा समाचार सम्प्रेसण गर्न सरोकारवालाहरुले अनुरोध गरेका छन् ।
जनप्रतिनिधि र जनताको बिचमा सेतु (पूल)को रुपमा काम गर्ने एक अभिन्न अङ्ग पत्रकार भएको भन्दै जनप्रतिनिधीहरुबाट गर्नु पर्ने सहयोगको लागि आफुहरु तयार भएको जनप्रतिनिधिहरुको भनाई छ । उनिहरुले पत्रकार स्वतन्त्र हनुपर्ने कुरामा जोड दिंदै कुनै पुर्वाग्रह नराखी सत्य, तथ्य र सन्तुलित रुपमा समाचार लेख्न र प्रकासन गर्न अनुरोध गरेका छन् ।
पत्रकार र जनप्रतिनिधिहरु बिच साथिको जस्तै सम्बन्ध हुनुपर्ने बताउदै बिकासका काममा हातेमालो गर्न र हरेक कुरामा सुझाव सल्लाह प्रवाह गर्न समेत अनुरोध गरेका छन् ।
पाणिनी पत्रकार समाज नेपाल २०७९ भदौ १२ गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दर्ता भएको थियो ।













