शीर्ष नेताको चुनावी दौडधुप : देउवा धनगढीमा, ओली पोखरा जाँदै, प्रचण्ड काठमाडौंमा व्यस्त

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसारको समय १० दिन मात्रै बाँकी हुँदा शीर्ष नेताहरु देश दौडाहमा व्यस्त छन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा झण्डै एक सातादेखि उपत्यका बाहिर छन्।  कात्तिक १६ गते गृह जिल्लाका लागि निस्कनुभएका प्रधानमन्त्री देउवा लगातार चार दिन चुनावी सभामा व्यस्त रहे।

डडेल्धुराका सबै स्थानीय तहमा भएका सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा हिजो साँझ धनगढी आइपुगेका छन्। उनी आज धनगढीमै हुने चुनावी सभाहरुमा व्यस्त हुने उनका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। विहान १० बजे पोखरा सभागृहमा हुने वृहत कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन परिचालन कमिटी, कास्कीले जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आज काठमाडौंमै व्यस्त रहने भएका छन्। केही दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा पुगेर फर्किएका प्रचण्ड भोलिदेखि भने सुदूरपश्चिम र कर्णालीका जिल्लामा आयोजित चुनावी सभामा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

मंसिर ४ गतेको चुनावका लागि मतदान सुरु हुनु ४८ घण्टा अघि अर्थात मंसिर २ गते देखि मौन अवधि सुरु हुन्छ। त्यसैले दलहरुले मंसिर १ गतेसम्म मात्रै चुनाव प्रचार प्रसार गर्न पाउँछन्।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?