मिस अर्थमा नेपालको बलियो दाबेदारी, फिलिपिनो मिडियासामु सरिशाको आकर्षक प्रस्तुति

काठमाडौं । संसारकै प्रतिष्ठितमध्येको सुन्दरी प्रतियोगिता मिस अर्थ फिलिपिन्सको राजधानी मनिलामा आयोजना भइरहेको छ ।

कोरोना महामारीले भौतिक रुपमा हुन नसकेको प्रतियोगितामा भाग लिन दुई दर्जन सुन्दरी मनिलामा भेला भएका छन् । नोभेम्बर २९ मा हुने फिनालेका लागि सुन्दरीहरु यतिबेला सब-टाइटलका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालबाट मिस नेपाल अर्थ सरिशा श्रेष्ठले प्रतिनिधित्व गरिरहेकी छन् र फिलिपिनो मिडियाका अनुसार सरिशाको सम्भावना बलियो छ । मेडिकल डाक्टर समेत रहेकी सरिशाको इको-भिडियोले चर्चा बटुलिरहेको छ ।

मंगलबार बेलुका सबै प्रतियोगीलाई फिलिपिनो मिडियाको सामुन्ने प्रस्तुत गरियो, जहाँ उनीहरुको परिचयदेखि प्रतिभालाई चिनारी दिलाइयो । स्थानीय मिडियासामु नेपालको प्रस्तुति आकर्षक रहेको द हिडन ट्रेजरले जनाएको छ ।

यस्तै, मिस इन्टरनेसनल र मिस वल्र्डको तयारीमा पनि सुन्दरीहरु जुटेका छन् । मिस इन्टरनेसनलमा भाग लिन न्यान्सी खड्का नोभेम्बर अन्त्यतिर टोकियो प्रस्थान गर्दैछिन् । मिस नेपाल प्रियंकारानी जोशी मिस वर्ल्डको तयारीमा जुटेकी छिन् । यस वर्षको मिस वल्र्ड प्रतियोगिता एसियामै हुने सम्भावना छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?