१० करोडको राँगो

भारतको मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्वविद्यालयमा तीन दिवसीय अखिल भारतीय किसान मेलाको पहिलो दिन १० करोडको राँगो​ गोलु टु आकर्षणको केन्द्र बन्यो । हरियाणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान नरेन्द्र सिंहले मेलामा आफ्नो राँगो​ गोलु टुलाई लिएर गएका हुन् । गोलु टुलाई हेर्नका लागि मानिसहरुको अत्यधिक भीड लाग्यो ।

नरेन्द्र सिंहले बताए अनुसार उनको राँगोको नाम गोलु टु यसकारण छ किनभने यसको हजुरबुवाको नाम गोलु वान थियो र यो गोलु वानभन्दा पनि निकै शानदार छ, यसैकारण यसको नाम उसको हजुरबुवाको नाममा राखिएको हो । नरेन्द्र सिंहले बताए अनुसार उनको राँगो शुद्ध मुर्रा प्रजातिको हो र उसकी आमाले प्रतिदिन २६ किलो दुध दिने गर्छ ।

गोलु टु राँगोको तौल १५ क्विन्टल छ अर्थात् १५०० किलो र यो ४ वर्ष ६ महिनाको छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु हरेक दिन ३० किलो घाँस पात, ७ किलो गहुँ–चना र ५० ग्राम मिनरल मिक्सचर खान्छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु टुको वीर्यले उनले निकै आम्दानी भइरहेको छ ।

नरेन्द्र सिंहका अनुसार खरिदकर्ताले गोलु टुको मूल्य १० करोड भारुसम्म तोकेका छन् तर उनी यो बेच्न तयार नै छैनन् । किसान मेलामा आएका लगभग सबैजसो यो राँगोलाई देखेपछि चकित छन् ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?