ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

एजेन्सी । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको  सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ। अनुहार छोपेको सो व्यक्तिले सेनाको पोसाक लगाएको  देखिएको छ  ।  यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ । सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माईल उत्तरमा रहेको सानो शहर अराक्रुजमा  सो आक्रमण भएको थियो।

एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रबार ट्वीटमा गर्दै, ‘सुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ  गरेको छ जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो। मैले अपूरणीय क्षतिको लागि शोकको रूपमा तीन दिनको आधिकारिक शोक घोषणा गरेको छु। हामी  घटनाको कारणबारे अनुसन्धान जारी राख्नेछौं र चाँडै नै निष्कर्षमा पुग्नेछौं।’

गभर्नरका अनुसार, ‘प्रिमो बिट्टी स्कूल र प्रिया डे कोक्वेरल शैक्षिक केन्द्रमा आक्रमणहरू भएका थिए।’ ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो घटनाबारे ट्वीट गर्दै अराक्रुज विद्यालयहरूमा भएको आक्रमणले आफू दुःखी भएको र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन आग्रह गरेका  छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?