अष्ट्रेलिया : ५ वर्षीय बालकलाई अजिंगरको मुखबाट हजुरबुवाले बचाए

आफूभन्दा ३ गुणा लामो अजिंगरको आक्रमणबाट ५ वर्षका एक बालक नराम्ररी घाइते भएका छन् । आक्रमणपछि अजिंगरले ती बालकलाई घिसारेर स्विमिङ पुलसम्म लगेको थियो । यस क्रममा अजिंगरले बच्चालाई धेरै ठाउँमा टोक्यो पनि ।

संयोगवश, त्यसतिबेला यस बालकका बुवा र हजुरबुवा स्विमिङ पुल वरिपरि नै थिए ।​ उनीहरुले तत्कालै बच्चालाई अजिंगरको पकडबाट छुटाउन सफल भए ।

 

५ वर्षीय ब्यू ब्लेक खासमा आफ्नो घरको स्विमिङ पुलमा स्विमिङ गर्ने तयारीमा थिए । त्यति नै बेला झाडीमा लुकेर बसेको अजिंगरले उनीमाथि हमला गरे ।

ब्यूका पिता बेन भन्छन्, ‘घटनाका बेला ब्यू स्विमिङ पुलको किनारामा टहलिरहेका थिए । मलाई लाग्छ कि अजिंगर पुलको किनारामा भएका झाडीमा शिकारको खोजीमा लुकेर बसिरहेको थियो । मैले नजिकैको झाडीबाट कालो छायाँजस्तो आकृति बाहिर निस्किएको देखे र उसले ब्यूको खुट्टातिर समात्यो ।’

पुलको छेउमा रहेका बालकका ७६ वर्षीय हजुरबुवाले तुरुन्तै स्विमिङ पुलमा हाम फालेर अजिङ्गरसहित बालकलाई स्विमिङ पुलबाट बाहिर निकाले ।

मेलबर्न रेडियो स्टेशन थ्रीएडब्ल्यूसँग घटनाबारे कुरा गर्दै ब्यूका पिता बेनले भने, ‘बुवाले ब्यूलाई मतिर फ्याँकेपछि मैले १५–२० सेकेन्डमा उसलाई अजिंगरको चंगुलबाट छुटाएँ । त्यसपछि मैले करिब १० मिनेटसम्म अजिंगरलाई समातिरहेँ ताकि बुवा र बच्चालाई शान्त पार्न सकूँ । उनीहरु दुबैजना नराम्रोसँग डराएका थिए ।’

यतिबेला बचचाले पनि पूरा हिम्मत देखाए । उसलाई खासै धेरै चोट लागेन ।

बेनले भने, ‘एकपटक बच्चाको शरीरबाट रगत सफा गरेपछि हामीले उसलाई नडराउन भन्यौँ । उसलाई अजिंगर विषालु हुँदैन पनि भन्यौँ ।’

बेनको परिवार अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तको तटीय शहर बायरन बेमा बस्छ । घटनापछि बेनले आफूले बच्चाको शरीरको घाउलाई नियालिरहेको बताए । घाउबाट संक्रमण नहोस् भनेर उनले सुनिश्चित गरिरहेका छन् ।

रेडियो स्टेशनसँगको कुराकानीमा बेनले उक्त इलाकामा अजिंगर पाइनु निकै सामान्य भएको बताएका छन् । बच्चालाई छुटाएपछि बेनले अजिंगरलाई पुनः झाडीमा  फ्याँकिदिए ।

उनले भने, ‘रोचक कुरा के छ भने छोडेपछि अजिंगर ‘सिन अफ क्राइम’ तर्फ फिर्ता भयो ।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?