अर्घाखाँची: धार्मिक अभियन्ता कोइरालाको निधन

अर्घाखाँची।
अर्घाखाँची जिल्ला पाणिनि-५,मैदानका धार्मिक अभियन्ताका रूपमा परिचित देवकी नन्दन कोइरालाको यहि पौष १६ गते निधन भएको छ। पछिल्लो समय स्वासप्रश्वास लगायत विभिन्न रोगहरुबाट ग्रसित कोइरालाको ९२ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौमा निधन भएको परिवार स्रोतले जनाएको छ।

आफ्नो सम्पूर्ण जीवनलाई धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समर्पित गरेका कोइरालाको निधनले पाणिनि शोकमग्न बनेको छ। गाउँघरमा हुने धार्मिक कार्यहरुमा आचार्यको भुमिकामा रहि समाजलाई धर्म,सस्कारसग जोड्ने कार्यमा कोइरालाको योगदान अविस्मरणीय रहेको छ।

लामो समय पाणिनि-५ कै भानु माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी लिदै अध्यापन गरि असल,इमानदार एवं कर्तव्यनिष्ठ शिक्षकका रुपमा समेत परिचित कोइरालालाई शैक्षिक व्यक्तित्त्वका रूपमा पनि पाणिनिले स्मरण गरिरहेको यहाँका स्थानीय व्यक्तिहरुको भनाइ रहेकोे छ।

जीवनलाई सङ्घर्षको पर्यायका रुपमा लिदै आफुसग भएको अथाह ज्ञानलाई समाज रुपान्तरण अर्थात् सभ्य र आध्यात्मिक ज्ञानले भरिपुर्ण समाज रुपान्तरणका लागि खर्चिएका कोइरालाले पुर्‍याएको योगदान अविस्मरणीय रहेको मैदानवासीको भनाइ रहेको छ।

spot_img
[reaction_buttons_post]
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?