‘आईएमई पे’ एप अब नेपाली भाषामा

अबदेखि ‘आइएमई पे’ एप नेपाली भाषामा पनि अद्यावधिक हुने भएको छ । बैकिङ पहुँच नपुगेका ठाउँमा पनि सेवाग्राहीलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइृएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको हो ।

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आईएमई पे एपमा थपिने भएको हो ।  अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा सेवाग्राहीका लागि सार्वजनिक गरिएको यस विशेषताका लागि प्रयोगकर्ताले सर्वप्रथम प्ले स्टोर वा एप स्टोरमा गएर आईएमई पे एप डाउनलोड गर्नुपर्ने हुन्छ । पुरानो प्रयोगकर्ताले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गइ दायाँपट्टि रहेको इन (EN) सङ्केतबाट नेपाली भाषा रोज्न सक्ने छन् । नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरेलगत्तै त्यो फिचर प्राप्त गर्न सक्ने छन् ।

यसपछि प्रयोगकर्ताले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आईएमई पे मार्फत कुनै पनि डिजिटल भुक्तानी गर्न सक्ने छन् । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नका साथै प्रयोगकर्ताले एपमा रहेको रकममा सात दशमलव १३ प्रतिशत ब्याज कमाउन सकिने जस्ता नवीनतम सुविधाहरू आईएमई पे एपमा उपलब्ध छन् ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?