रिडीमा माघेसक्रान्ति मेलाकाे भव्य तयारी, मुख्य आकर्षणमा “तिनमुखेपुल”

कृष्ण अन्जान,
गुल्मी । नेपालकै प्रसिद्ध रुरुधाममा कालिगण्डकी स्नान र भगवान ऋषिकेश लगाएतका मठ मन्दिरमा माघे सक्रान्ति मेला भर्न आउने दर्शन गर्नेहरुकाे भिड याे वर्ष थामि नसक्ने हुने अनुमन गरिएकाे छ ।

तिनमुखे पुलकाे निर्माण सम्पन्न भएपछिकाे याे पहिलाे मेला भएकाले पनि मेलाकाे आकर्षण अझै बढ्ने अनुमान गरिएकाे हाे । आदी अनादी कालदेखि रिडीमा लाग्ने माघेसक्रान्ति मेलामा विगतमा काेभिडका कारण खासै रौनकता देखिएकाे थिएन तर याे वर्ष माघेसक्रान्ति मेलामा दर्शनार्थी हरुकाे राम्रै आगमन हुने देखिएकाे रुरु फ्रेण्ड्स क्लब रिडीका सचिव प्रेम भण्डारी बताउँछन । धार्मिक र साँस्कृतिक रुरुक्षेत्रकाे रुरुधामलाई धार्मिक पर्यटन सँग जाेड्न परम्परागत रुपमा चल्दै आएकाे माघेसक्रान्ति मेलाकाे तयारी शुरु समेत भईसकेकाे छ ।

रिडीकाे गुल्मी तर्फकाे भागमा रुरु फ्रेण्ड्स क्लब र एफ सि क्लब रिडीबजारकाे सँयुक्त आयाेजनामा साँस्कृतिक कार्यक्रम सहित,बालउधान,कृषि मेला प्रदर्शनी हस्तकलाका सामानकाे प्रदर्शनी सहित मेलाकाे भव्य तयारी गरिएकाे रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष शाेभित थापाले बताए । मेलाकाे आम्दानीले रुरुधामलाई धार्मिक पर्यटकीय तथा सामाजिक कार्यकाे विकास गर्ने हाम्रो उद्देश्य छ अध्यक्ष थापाले भने । त्यसाे त पाल्पा क्षेत्रमा पनि मेलाको तयारी छ भने स्याङ्जा क्षेत्रमा भलिवल प्रतियोगिता सहितकाे मेला लाग्ने भएकाे ले याे वर्ष गुल्मी स्याङ्जा र पाल्पामा लाग्ने विविध मनाेरन्जन सहितको अवलाेकन गर्न रुरुधाममा निर्माण सम्पन्न भएकाे तिनमुखे पुलले विशेष महत्त्व राख्ने छ ।

माघ महिनामा कालिगण्डकीमा स्नानकाे विशेष महत्त्वपूर्ण हुने र यसमा पनि माघेक्रान्तिकाे मकर स्नानकाे अझै धार्मिक महत्त्व हुने कारणले पनि रुरुधाममा तिर्थालुकाे घुँईचाे लाग्ने गर्छ । काेभिड महामारीका कारण गत वर्ष रिडीबजारमा माघेसक्रान्ति मेला लागेन । काेभिड सँक्रमण भन्दा अगाडिका वर्ष हरुमा स्थानिय सँघ सँस्थाकाे पहलमा रिडी बजारमा माघेसक्रान्तिलाई लक्षित गरेर ठुला मेला हरुकाे आयाेजना गरिँदै आएकाे थियाे ।बगरभरि टहराहरुमा हाेटल रेष्टुरेन्ट अन्य पसल हरुमा बाहिरबाट ब्यापारी हरु आउने र मुख्य रुपले माघेसक्रान्तिलाई रिडीका व्यापारीहरुले व्यापारकाे भल छाेप्ने पर्वकाे रुपमा लिने गर्दथे तर काेभिड सँक्रमणले मेला महाेत्सव नहुने भएपछि माघेसक्रान्ति कालिगण्डकी स्नानमा मात्र समेटिएकोमा याे वर्ष भने रिडीबजारका व्यापारी साथै वाहिरबाट आउने व्यापारीले राम्रै भल छाेप्नेछन ।

रुरुधाममा लाग्ने माघे सक्रान्ति मेलाका आकर्षण हरुमा डाेल्पा राेल्पा तिरबाट ल्याईने कम्मल राडि पाखिकाे ओखरकाे घाँजिकाे व्यापार सँगै बाग्लुङ प्युठान र अर्घाखाँचिबाट आउने डाला डाेका सुपा ठेकाठेकि हुन । रुरुक्षेत्रमा लाग्ने माघे सक्रान्तिकाे मेला परम्परा देखि तिनदिन सम्म लाग्ने गरेकाे छ । माघ १ गते जेठि २ गते माईली र ३ गतेलाई कान्छी सक्रान्ति भनिने र कान्छी सक्रान्ति पछि मेला सकिने प्रचलन छ । विगतमा अघिल्लै दिन टाढाटाढा बाट तिर्थालु आउने बगरमा भात पकाएर खाने भजन किर्तन गर्ने नजिककाले ढकनि अचार पकाएर लाने गँगा स्नान र भगवानकाे दर्शन पछि बगरका ढुँगामा बसेर बाेँगाकाे अचार र ढकनी खाएकाे सम्झना गर्छन गर्छन रुरुक्षेत्र १ च्यूरेकका दिनानाथ ज्ञवाली ।

मुख्यतया माघेसक्रान्तिमा विवाहका लागि तयार भएका युवा युवतिलाई एक आपसमा हेर्ने र विवाहकाे छिनाेफानाेकाे माध्यम पनि माघे सक्रान्तिलाई बनाउने गरिएकाे रुरुक्षेत्र ३ का कृष्ण राज ज्ञवालीले बताए । रुरुधामकाे आन्तरिक पर्यटन प्रवर्द्धनमा विशेष महत्त्व राख्ने पर्वकाे रुपमा अझैपनि स्थापित रहेकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?