काठमाडौँ । वर्तमान राजनीतिक बेथिती र बिसङ्गतीमाथी प्रहार गर्दै गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गित कर सार्वजानिक भएको छ । राकेश सोनीको संगित संयोजन र श्यामश्वेत रसाईलीको ध्वनी मिश्रण रहेको गितलाई गायक ढकाल स्वयमले सृजना गरी संगित भरेका छन । कर गितमा गायकलाई बिन्दु बिसी र रोश्नी रसाईलीले समुह स्वरमा साथ दिएका छन भने गितको भिडियो अर्जुज लोहारको छायाकंन र रमेश बि.क.रसार्ईलीको सम्पादनमा तयार भएको हो ।
प्रकाश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गितको भिडियोलाई गायक ढकालले नै निर्देशन गरेका छन । जनताले हरेक पाईला पाईलामा कर तिर्नुपर्ने,युवाले देश छाडेर विदेशीनुपर्ने, जनताको करमा नेता र ठुलाबडाले रजाईं गर्ने,बैंकको चर्को ब्याजका कारण जनताले आत्महत्या गर्नुपर्ने, संघियता खारेज गरीनुपर्ने, भ्रष्ट नेताको सम्पत्ति छानबिन गरीनुपर्ने जस्ता भाव समेटएिको गितबाट गायक ढकालले जनताका पिडा पोख्दै तमाम समस्या समाधानका लागि तत्काल कद्म चाल्नुपर्ने माग राखेका छन ।
गायक तथम सर्जक प्रकाश ढकालका यसअघि के गर्छौ राजनीति,बैमानी मोया,खाम कि नखाम मोयाको जुठो जस्ता थुप्रै गित चर्चित छन ।













