अर्घाखाँची : आँपका ५० बोटबाट ७ लाख बढी आम्दानी

अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्क ८ किमडाँडाका  युवा ठाकुर भुसालको आपको बगैंचामा लटरम्म आँप फलेका छन्। वैदेशिक रोजगारबाट फर्किएर कृषि पेशामा लागेका भुसालले यस वर्ष आँप बिक्रीबाट ७ लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेको बताए।

झन्डै ५० वटा आपको बोटमा अहिले ९० क्वीन्टलभन्दा बढी फलेको छ। उत्पादन भएको आपको बिक्रीको लागि कुनै समस्या छैन । सन्धिखर्कमा मात्र हैन बुटवल र पोखरासम्मका व्यपारी घरमै पुगेर खरिद गर्ने गरेको कृषक भुसालले बताएका छन् । अहिले घरमै होलसेल ८० रुपैयाँ केजीमा आपको बिक्री हुने गरेको छ । कृषक भुसालको भनाइ छ ।

व्यवसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक १६ लाखभन्दा बढी कमाउने गरेका छन्। उनले वेमौषमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गरेका छन् । विदेशमा जस्तो दुःख गरे यहीँ माटोमा सुन फलाउन सकिन्छ भन्ने सोचले शुरु गरेको कृषि पेशा सबै युवाको लागि प्रेरणाको स्रोत पनि बनेको छ।

१८ वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन। तर व्यवसायिक रुपमा तरकारी र फलफूल खेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको कृषक भुसालले बताए। तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ।

spot_img
[reaction_buttons_post]
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?