पहिले धेरै पहिले दुई दशक अघि यस धर्तीमा पहिलो पटक पाईला टेकेको थिए, न घडि, पल र मिति यकिन छ न त स्मरण नै । जिन्दगिमा असङ्ख्य कुराहरु प्यारा हुन्छन्, अपवाद बाहेकका पहिला र अघिल्ला कुराहरु, सम्बन्धहरु, यादहरु, अनुभवहरु, यात्राहरु अनि बाँकी बहुतै चिजहरु । हरेक कार्यहरु, यात्राहरुका सुरुका यात्राहरु संधै कहाँ स्मरणमा रहिरहन्छन् र रु जिन्दगिको पहिलो पाइला टेक्दा मेरी आमा सबैभन्दा ज्यादा खुसी भईन्,पक्कै पनि अनि मेरा बुवा अनि अरु सबै सबै । मेरो पहिलो पाईला टेकाईसंगै मेरा मातापिताको कत्रा बडेमानका सपनाहरु जोडिए होलान् रु म अनुमान गर्न सक्छु पनि ,सक्दिन पनि । कहिलेकाँहि ठ्याक्कै अनुमान लगाँए भन्ठान्छु त कहिले म त्यो काल्पनिक संसारको पर पर सम्म पनि पुग्न सकिन भन्ने सम्झन्छु जे होस् आज जहाँ छु मेरो सुरुवातको त्यो पहिलो पाईला बाटै छु, जसका साँक्षी मेरा जन्मदाता छन् ।
बालापनलाई गुडबाई भन्न नपाउँदै किशोर अवस्थामा प्रवेश गर्दैगर्दा बालापनका रोमाञ्चक स्मरणहरुसंगै सुरु भएको मेरो किशोरावस्थाको ईति श्री केही उत्साह, केही उमंग अनि केहि उत्प्रेरणाको महसुस अवचेतन मनले महसुस गर्दै-गर्दै भयो भन्यो,मेरो अवचेतन मनले । समाजप्रति जानी नजानी म कृतज्ञता व्यक्त गरुँ गरुँ लाग्नु, यो प्रकृति अनि यो प्रकृति भित्रको म, हामी सबै सबै मेरै अनि हाम्रै ठान्न मलाई ज्यादा बेर नै लागेन् । प्रकृतिप्रति म आभारी छु, मलाई संगालेर, सजाएर राखिरहेको यो समाजप्रति म अत्यन्तै आभारी छु अनि राष्ट्र ? अँह राष्ट्रका बारे म के लेखुँ ? यो जिन्दगि लेखेरै सक्काईदिने जोखिम म नलिगुँ है ? हो त्यति आभारी छु, त्यति नै स्नेह गर्छु म यो राष्र प्रति ।
समाज प्रतिको जिम्मेवारी बोधले मलाई अन्तरमनमा बारम्बार हुटहुटि चलाईरह्यो, म त्यो हुटहुटि हेरी दङ्ग परि नै रहेँ । जिन्दगि संयोग नै संयोगको सम्मिश्रण न हो, यहाँ संयोग नै संयोगले स-साना चिया गफ देखि ठुला आविष्कारहरु, महान कार्यहरु भएका थिए, भैरहेका छन् र पक्कै पछि-पछि सम्म भैरहने पनि छन् ।
यस्तै एउटा संयोगमध्येको एक मिठो, गजबको संयोग हुनुपर्छ “पहिलो पाईला नेपाल” को परिकल्पना पनि । अनि त्यो भन्दा पनि मिठो संयोग पहिलो पाईलाको परिकल्पनामा आफ्नो पवित्र, समर्पित र उत्प्रेरित पाईला टेक्न उत्साहित हुने र टेक्ने सबै सबै आग्रज पवित्र मनहरु, मनवालाहरु । स्वच्छ मन,निश्चल समर्पण अनि समर्पित अभियानमा सामेल हुने अनौठो संयोग, गजबको मौकालाई अवसरमा बदल्न मलाई क्षणभरपनि सोँचिरहन जरुरी ठानिन र टेकेँ मेरो पहिलो पाईला “पहिलो पाईला नेपाल” मा ।
रगतको खाँचो टार्न रक्तदान, शैक्षिक सामग्रीको खाँचो टार्न अत्यावश्यक परेका बिधार्थीहरुलाई शैक्षिक सामग्रि हस्तान्तरण, कतै अपाङ्ग आस्रम कतै वृद्ध आस्रम कतै एकल परिवार कतै असाय दुखी परिवार लाई खाद्यान्न बितरण, प्रकृतिलाइ झन झन सुन्दर बनाउन सरसफाई अभियान, आपत बिपतमा राहत पुर्याउन बिपतको साथि पहिलो पहिला बन्न, अस्पतालको बेडमा सहयोगार्थ बिरामी भेट्दा नगदी खाम, अन्य अभियानहरुमा सहभागी हुन पाउनुमा बहुतै कृतज्ञ छु, पहिलो पाईला नेपाल अनि हातेमालो गर्ने सबै सबै प्रति । पहिलो पाईलामा पहिलो पाईला टेकेको दिन झलझलि सम्झिरहेको छु र चाहन्छु जिन्दगिको अन्तिम पाईला पहिलो पाईलामा टेकेरै सक्काउन पाउँ । यहाँ सम्म आईपुग्न साथ दिने असङ्ख्य सज्जन व्यक्तित्वहरु प्रति म नतमस्तक छु र रहिरहने छु । सुरुवाती दिनदेखि यस महान यात्रामा होमिनुहुने सबै अग्रज प्रति आाभार ,संगै सहयात्रा गरेका मित्रहरुप्रति अजम्बरी साथ रहिरहने र संगै हिँड्ने वाचा र पछि जोडिन आउनुहुने नव आगन्तुकहरुलाई स्वागत गर्न यो मनिष खनाल संधै तम्तयार अवस्थामा रहिरहनेछ ।












