बुर्तिवाङ राइजिङ युवा क्लवको कोजाग्रत पुर्णिमा मेला सम्पन्न

बागलुङ । बागलुङ बुर्तिवाङ राइजिङ युवा क्लवको कोजाग्रत पुर्णिमा मेलाको शनिबार समापन गरिएको छ ।

ढोरपाटन नगरपालिका १ बुर्तिवाङ स्थित क्लवको २१ औँ वार्षिकोत्सवको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुँवरले बुर्तिवाङ राइजिङ युवा क्लवले खेलकुद र कला सस्कृतिको संरक्षण गर्न मेलाले सहयोग पुर्‍याएको बताए ।

No description available.

साथै उनले यस क्षेत्रलाई खेल क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन राइजिङ युवा क्लवको महत्त्वपूर्ण भुमिका रहेको भन्दै प्रदेश सभा सदस्य कुँवरले पुर्णिामा मेलाले सबैलाई एकताबद्ध बनाएको बताए। उनले यस क्षेत्रको बृद्वि विकासमा आफू सधै तत्पर रहि रहने र निरन्तर लागि पर्ने बताए ।

साथै समापनको अवसरमा गण्डकी प्रदेश सभाका पुर्व सदस्य खिम विक्रम शाहीले खेलकुद र कलाकारिताको क्षेत्रको वृद्वि विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै पूर्णिमा मेलाको अवसरमा खुल्ला वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता तर्फ निसीखोला गाउँपालिका १ हर्पे बागलुङले नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँ सहित ट«फी, मेडल र सम्मान पत्र सहित प्रथम पुरस्कारको उपाधी हात पारेको थियो, भने निसीखोला गाउँपालिका २ जुग्जाखोला बागलुङले नगद ७१ हजार १ सय ११ रूपैयाँ सहित ट«फी, मेडल र सम्मान पत्र सहित द्वितीय पुरस्कारको उपाधी हात पारेको थियो ।

त्यस्तै खुल्ला महिला वडा स्तरीय भलिबल प्रतियोगिता तर्फ गलकोट नगरपालिका १० बागलुङले नगद ४१ हजार १ सय ११ रूपैयाँ सहित ट«फी,मेडल र सम्मान पत्र सहित प्रथम पुरस्कारको उपाधी हात पारेको थियो, भने तमानखोला गाउँपालिका ५ बागलुङले नगद २५ हजार १ सय ११ रूपैयाँ सहित ट«फी, मेडल र सम्मान पत्र सहित द्वितीय पुरस्कारको उपाधी हात पारेको थियो ।

सोही अवसरमा सामुहिक खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ उत्तरगगा माध्यमिक विद्यालय ढोरपाटन नगरपालिका १ बागलुङ प्रथम, द रिदमिक स्क्वायर डान्स एकेडेमी गलकोट बागलुङ द्वितीय भएको छ । त्यस्तै पुरूष तथा महिला छेलो प्रतियोगिता, दोहोरी गित प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।

No description available.

साथै खेलकुद तथा सांस्कृतिक मेलाको समापन समारोहमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुती रहेको थियो । बुर्तिवाङ राइजिङ युवा क्लव ढोरपाटन नगरपालिका १ बागलुङका अध्यक्ष मिथुन विश्वकर्माको अध्यक्षता तथा युवा समाजसेवी हुम बहादुर विकको स्वागत मन्तव्यसगै शुरू भएको कार्यक्रमको सञ्चालनमा भने कलाकार अञ्चल शाहीले गरेका थिए । गत कार्तिक १२ गते देखि शुरू भएको कार्यक्रमको शनिबार समापन गरीएको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कौरव खत्री
लेखकको बारेमा

कौरव खत्री

खत्री समाचारपाेष्टका गुल्मी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?