चिउरी गाउँका १३ को सामूहिक दाहसंस्कार

जाजरकोट (चिउरी) । भूकम्पबाट १०५ जनाको ज्यान गएपछि जाजरकोट नलगाड नगरपालिका –१ चिउरा गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ।

नलगाड नदीको किनारमा १३ जनाको एकै ठाउँमा दाहसंस्कार गरिएको हो। एकै गाउँकै यत्ति धेरै भूकम्पबाट मृत्यु भएपछि सामूहिक दाहसंस्कार गरिएको हो। च्युरी गाउँमा एकै परिवारका चारजनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको  घटनास्थलमै मृत्यु भएको थियो। एकै वडाका १७ जनाको मृत्यु भएकोमा च्यूरी गाउँको मात्र १३ जनाको मृत्यु भएको थियो।

नलगाडको वडा नम्बर १ मा ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, ४ वर्षीयका सुशान्त परियार, ८ वर्षीय विनय परियार, १० वर्षीया सपना बिक, १६ वर्षीया अमृता पुन , ४ वर्षका बिशाल बिक, २४ वर्षीया मनिषा बिक, २३ वर्षीय सुजल बिक, ५८ वर्षका दत्तबहादुर कुमाईंको निधन भएको थियो। यस्तै, २४ वर्षीय भीमसेन बिक, ४ वर्षका सन्दिप बिक, २१ वर्षीया कमला बिक, ७ वर्षीय प्रदेश बिक, १४ वर्षीया बिमला बिक र १२ वर्षीय  सुनिल बिकको पनि शुक्रबार राती नै घरमा पुरिएर मृत्यु भएको थियो। त्यस्तै  १४ वर्षीया बिनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको हो। नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट चिउरी गाउँ पुग्न ४ किलोमिटर दुरी मात्र पार गर्नुपर्छ।

अधिकांश दलित समुदायको यस गाउँमा बसोबास रहेको छ। कच्ची माटोले निर्माण गरिएका परम्परागत घर भएका कारण कुनै उक्त गाउँमा कुनै पनि घर सक्लो अवस्थामा रहेको छैन। भूकम्पले सबै भन्दा बढी नलगाड नगरपालिकामै गरेको छ। अहिले मृतकका आफन्तहरु , घाइतेका आफन्त तथा अन्य घर भत्किएर खुल्ला आकाशमा बसीरहेका छन्। सरकारले दिने भनिएको। राहत सामग्री अहिले सम्म पीडित समक्ष पुग्न सकेको छैन। पराकम्पन जाने क्रम जारी रहेका कारण सर्बसधारणहरु त्रसिद भएका छन्।

 भएको अन्न ,लत्ताकपडा , भाँडाकुडा सबै घरसँगै पुरिएको अवस्थामा रहेको पीडित परिमल विकले बताए। तीन दिनदेखि खुला आकाशमा बसीरहेको उनीहरुले बताएका छन्। आकाशमा हेलिकोप्टर आउदा राहत सामग्री आयो कि भनेर आस लाग्ने गरेको कालीवान विकले बताए।

उत्ता जिल्ला प्रशासन कार्यालयले एकद्धार प्रर्णालीबाट राहत सामग्री वितरण गर्ने भन्दै व्यवस्थित गर्न खोजेपनि त्यो पीडित सम्म पुग्न सकेको छैन। सदरमुकाम नजिकै केही राहत सामग्री पुगेपनि ग्रामिण क्षेत्रमा भने अहिले सम्म कुनै सामग्री पुग्न सकेको छैन। मृत्यु हुनेमा अधिकांश बालबालिका र बृद्धहरु रहेका छन्। नलगाड नगरपालिकामा मात्र ५४ जनाको मृत्यु भएकोमा १७ जना वडा नम्वर १ मा मात्र भएको छ।

प्रति मृतकका परिवारलाइ क्रियाखर्च बाफत १० हजार आर्थिक सहयोग गर्ने नलगाड नगरपालिकाले निर्णय गरेको छ। नलगाड नगरपालिका भित्रका ९० प्रतिशत घरहरु पूर्ण तथा आशिंक रुपमा क्षती भएको नगरप्रमुख डम्वर रावतले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?