अर्घाखाँची : राती ९ः३० पछि देउसी भैलोमा प्रतिबन्ध

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले तिहारमा राती ९ः३० बजेपछि देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाएको छ ।

राती ९ः३० बजेपछि देउसी भैलो खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए । ढकालका अनुसार तिहारमा पटका, भुइँचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग गर्न समेत राेक लगाइएकाे छ ।

यस्तै जुवातास, लंगुरबुर्जा कौडा खेल्न नपाइने निर्णय गरिएको प्रशासन अधिकृत नुमलाल पन्थीले जानकारी दिए । मादक पदार्थ सेवन गरि सार्वजनिक स्थलहरूमा हो-हल्ला र झैं–झगडा नगर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

पर्वहरुलाई शान्तिपूर्ण वातावरणमा सुरक्षित, मर्यादित अनुशासित र सु-संस्कृत रुपमा मनाउन यस्ताे निर्णय गरीएकाे भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले भने, “प्रशासनको नियम विपरित कार्य गरेको पाएमा कानुन बमोजिम कारवाही गरिने छ ।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?