आमाको नाममा श्रीमान् र छोराद्धारा सामुदायिक विधालयमा अक्षयकोष स्थापना

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ बाङ्गला अमलडाडा निवासी टाम बहादुर नेपाली र छोरा सुवास नेपालीले आफ्नी श्रीमती तथा आमाको स्मृतिमा सामुदायिक विद्यालय श्री जीवनोद्धार माध्यमिक विधालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर दिवंगत जीवनसाथी आमाको सधैं स्मरणको बाटो रोजेका नेपाली परिबारले अक्षयकोषको माध्यमबाट दिवंगत श्रीमती र आमाको सधैं सम्झना भइरहने विश्वास छ । दिवंगत श्रीमती आमाको नाममा बुधबार श्री जीवनोद्धार माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको जानकारी दिएका छन् ।

अक्षयकोषको रकमबाट छात्रावृत्ति वितरण गर्न कार्यविधि बनाइएको छ। त्यही कार्यविधिमा आधारित भएर विद्यार्थीलाई अक्षयकोषबाट आउने वार्षिक ब्याज बाट विधालयमा रहेका गरिब जेहेनदार ,जनजाति दलित र उत्कृष्ट छात्र/छात्रा विद्यार्थीलाई सहयोग गर्ने योजना छ। शिबकला नेपाली अक्षयकोष नामक खातामा उक्त रकम राखिने छ ।

अक्षयकोषको सस्थापकमा श्रीमान् टान बहादुर नेपाली, सरक्षकमा छोरा सुभाब नेपाली रहने बताइएको छ ‘श्रीमतीको सम्झनालाई जीवन्त राख्न मेरो परिवारको तर्फबाट स्थापना गरिएको अक्षयकोष उनकै सम्झनामा समर्पण गरिएको छ’, नेपालीले भने, ‘पढ्न नपाएकाले सजिलै पढ्न पाउन, सधैँ स्मरण गर्ने माध्यम बनोस् भन्दै अक्षयकोष स्थापना गरेको नेपालीले बताएका छन् ।

अक्षयकोषको स्थापनाले विधालयमा रहेका आर्थिक अबस्था कमजोर भएका विधाथीलाई सहयोग पुग्ने बताउदै यस्ता किसिमका रचनात्मक र सामाजिक कामले सबैलाई फाईदा टेबा पुग्ने विधालयका प्रधानाध्यापक नम बहादुर सिह राना भाटले बताए । कार्यक्रममा विधालय व्यबस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ का अध्यक्ष ऋषब अधिकारीले शिक्षा क्षेत्रलाई सुधार गर्न अग्रसर गराउनको लागि सबैको सहयोग आबश्यक रहने हुदा नेपालीले गरेको सकारात्मक रचनात्मक कामको सबैले अनुसर गरेर सबै अग्रसर हुनुपर्ने बताए।

नेपालीले बुधबार विधालयको प्राङगणमा विभिन्न सामाजिक व्यक्तित्वको उपस्थितिमा अक्षयकोषको स्थापना गरेका हुन् । अक्षयकोषको स्थापना गदै दुख कष्ट सग खेल्दै आफु सघर्षको मैदानबाट आज सामाजिक रुपमा स्थापित भएकोले यस्ता समस्यालाई आफुले परिक्षाको रुपमा लिने छोरा सुवास नेपालीले बताएका थिए । नेपाली हाल युएनको आर्थिक सल्लाहकारको रुपमा कार्यरत छन् नेपालीले सोही विधालयमा १ देखि १० कक्षा सम्म अध्ययन गरि उच्च शिक्षाको लागि जिल्ला बाहिर गई आज यो स्थान प्राप्त गरेका हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?