कांग्रेस धातिवाङ्गको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम 

अर्घाखाँची । नेपाली कांग्रेस वडा कार्य समिति पाणिनी ६ धातिवाङ्गको आयोजनामा शुभदिपावली, छठपर्व २०८० तथा नेपाल सम्वत् ११४४ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ अर्घाखाँचीका पुर्व अध्यक्ष एवम् राष्ट्रिय भुमि आयोग अर्घाखाँचीका अध्यक्ष यादवप्रसाद घिमिरेले जनताको भेटघाटको दिनलाई यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै नेपाली कांग्रेसले सुरु गरेको यो प्रचलनलाई अन्य राजनीतिक दल र सङ्घसंस्थाहरूले गर्न लागेको बताए । पार्टी मात्रै नभएर सबै जनतालाई समेटेर आगामी दिनमा यस्ता कार्यक्रम गर्न वडा कार्यालयलाई सुझाव दिँदै विजयादशमी दिपावली छठपर्वको शुभकामना व्यक्त गरे ।

पाणिनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले आफूहरू निर्वाचित भएर आएको दोस्रो वर्षमा प्रवेश गरेको, पहिलो वर्षमा गरेका केही कामहरूमा सकारात्मक र नकारात्मक टिप्पणीहरू आएकोले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताउँदै जनताको समस्यामा वडा कार्यालय निरन्तर लागिपर्ने बताए । 

कार्यक्रममा पाणिनी गाउँ कार्यपालिका सदस्य तारा पौडेल, पाली प्रहरी चौकी प्रमुख राकेश ठाकुर, धातिवाङ्ग स्वास्थ्य चौकी प्रमुख मित्रदेव पौडेल, नेकपा एमाले अनेमसंघ धातिवाङ्ग अध्यक्ष गोमा पौडेल, कांग्रेस पाणिनी गाउँपालिका उपसभापति एवम् वडा सदस्य खगेश्वर पौडेल, नेपाल निजामती कर्मचारी युनियन पाणिनी गाउँपालिका सभापति मेघराज पौडेल, नेपाल शिक्षक संघका नेता हिमलाल पौडेल, वडा सदस्य हरि प्रसाद पौडेल, दलित प्रतिनिधि हिमाल परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम कार्यवाहक सभापति तारापति पौडेलको अध्यक्षता, उपसभापति लिलापती पौडेलको स्वागत मन्तव्य एवम् गोविन्द पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?