बाङ्गलामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५ सय भन्दा धैरे लाभान्वित

अर्घाखाँची । सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले स्वास्थ्यलाई राज्यले सर्बसुलभ गुणस्तरीय बनाउनुपर्ने बताएका छन् ।

बाङ्गला रुपन्देही सम्पर्क समाजले आइतबार सन्धिखर्क नगरपालिका वडा नं. ४ र ५ मा आयोजना निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताएका हुन् । स्वास्थ्य माथि खेलबाड गर्नाले जनताले अकालमा मुत्युबरण गनुपर्ने अबस्था सिर्जना भएकोले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले सस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरले नागरिकमा सचेतना सिर्जना भई स्वास्थ्यमा नागरिक सबेदनशील र जिम्मेबार हुने उनले बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले नागरिक स्वास्थ्यप्रति जिम्मेबार हुनुपर्ने बताइन् । कार्यक्रममा पुर्ब समन्वय प्रमुख पिताम्बर शर्भा भुसालले नागरिक प्रति समाज जिम्मेबार बनेकोले यस्ता कामलाई अझ प्रभाबकारी बनाउनुपर्ने बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ ५ का अध्यक्ष ऋषब अधिकारी जीवनोद्धार माध्यमिक विधालयका प्रधानाध्यापक नम बहादुर भाट क्षेत्री लगायतले मन्तब्य राख्दै ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्यप्रति जिम्मेबार र प्रतिबद्ध बनाउनको लागि समाजले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशासा समेत गरेका थिए ।

कार्यक्रममा एडमण्ड सिटी अस्पतालका अध्यक्ष प्रकाश रानाले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताउदै स्वास्थ्यलाई राज्यले निशुल्क बनाउनुपर्ने बताउदै आधारभुत रुपमा स्वास्थ्यको पहुच नपुगेका नागरिकलाई यस्ता शिविरले प्रभाबकारी रुपमा स्वास्थ्यको पहुचमा ल्याई स्वास्थ्य प्रति जिम्मेबार बन्नको लागि प्रेरणा मिल्ने बताए । शिबिरमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको थियो ।

अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि समाजको आयोजना एडमण्ड अस्पतालको प्राविधिक सहयोगमा एक दर्जन चिकित्सकहरुको सहभागितामा संचालित शिविरबाट वडाका ५ सय २५ जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका छन्। शिविरबाट विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराएको थियो। स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, हाडजोर्नी तथा नशारोग , मुटु रोग, जनरल फिजिसियन ,मेडिकल ल्याब टेक्नोलोजिस्ट, भिडियो एक्सरे लगायतका सेबा दिनुको साथै परामर्श समेत दिइएको थियो ।

ग्रामीण क्षेत्रमा आयोजना गरिने शिविरले नागरिकलाई आफ्नो स्वास्थ्य प्रति जिम्मेबार बन्नको लागि प्रेरणा थपिई गाँउको मानिसहरुलाई विशेषज्ञ सेबा प्रति थप प्रतिबद्ध हुनका लागि प्रेरणा मिल्ने भएकोले यस्ता शिविरलाई सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत सञ्चालन गनुपर्ने महिला तथा प्रसुती रोग विशेषज्ञ डा सतिष रुपाखेती बताए । शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रध्यापक डा प्रकृति राज कडेल ,मुटु रोग विशेषज्ञ सह प्रध्यापक डा अजय अधिकारी,जनरल फिजिसियन विशेषज्ञ डा केशब राज शर्मा भ्ल्त् रोग विशेषज्ञ डा महेश पोख्रेल , जनरल सर्जरी विशेषज्ञ डा कमल कार्की मेडिकल अफिसर डा दुर्गा खत्री, डा रोहित खड्का डा विकाश घिमिरे, डा रोशन कुुमार यादब लगायतका चिकित्सकले सेबा दिनु भएको थियो समाजले नागरिक प्रति उतरदायि भई यस्ता किसिमका नागरिकमुखी सेबा लामोसमयदेखि गदै आएको छ ।

२०६७ सालमा स्थापना भएको समाजले रुपन्देही जिल्लाका साथसाथै जिल्लाका सामुदायिक विधालयमा छात्रबृति पोशाक वितरण , स्थापना दिबसमा रक्तदान कार्यक्रम हरेक बर्ष तिजमिलन कार्यक्रम लगायतका परोपकार पुर्ण कार्यक्रम गर्दै आएको सस्थाका अध्यक्ष प्रकाशमणि खनालले बताए । कार्यक्रम सस्थाका अध्यक्ष प्रकाशमणि खनालको अध्यक्षता उपाध्यक्ष बाबुराम भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न सघसस्थाका प्रतिनिधि जनप्रतिनिधि , सामाजिक अगुबा सस्थाका पदाधिकारी सदस्य सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?