सनातन धर्म सापेक्ष राष्ट्र घोषणामा ढिलाइ गरिनु हुन्न: नेता पराजुली

काठमाडौं ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले अहिले देशमा देखिइरहेको अन्योल तथा अस्तव्यस्त अवस्थाको विरुद्धमा एक सार्वजनिक अपिल जारी गरेका छन् ।

विश्वभरिका अरबौं हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथमा गैह धार्मिक व्यक्तिलाई कार्यकारी निर्देशकको पद जिम्मा लगाउँदा र खुलेआम सँस्कृति मन्त्रीले इसाईको प्रचार गर्दै ९४% ॐकार परिवार माथि धावा बोल्दा काँग्रेस आज सरकारमा छ की छैन भनेर जनताले सोधिरहेका छन्, खोजिरहेका छन् । यसको यथोचित जवाफ पार्टीले जनतालाई दिन सक्नुपर्दछ र साम्प्रदायिक मुडभेढ फैलाएर अराजकता निम्याउने पर्यटन मन्त्रीलाई बर्खास्त गर्नुपर्दछ । हामी, बैदिक सनातन धर्म सापेक्ष राष्ट्रका विषयमा निर्णय लिन जति ढिला गछौं त्यति नै कमजोर भईरहेका छौं, त्यसैले तत्काल नेपाली काँग्रेसले धर्म सँस्कृति विभाग गठन गर्ने विषयमा यहि केन्द्रीय समिति मार्फत निर्णय लिनुपर्दछ भन्दै सचेत गराएका छन् ।

सार्वजनिक गरिएको उनको अपिलमा गैह्र कानूनी तवरले रुसी सेनामा भर्ती भएका सयौं युवाहरु आज सम्पर्क विहिन छन् भने कयौंको देहावशान भईसकेका छन् , यो अत्यन्तै चिन्ताजनक अवस्थाको बारेमा नेपाली काँग्रेसले तत्काल ठोस कदम चाल्नुपर्दछ र युवालाई गैह्र कानूनी तवरले युद्धस्थलमा रोजगारको लोभले जाने प्रवृत्तिलाई रोक्नुपर्ने बताएका छन् ।

हिजो मात्रै राज्यसँग रोजगार पाउन विदेश जाने इपिएस भाषा परीक्षामा भाग लिन पाउँ भन्दा दुई युवाले अकालमै ज्यान गुमाउनु परेको विषय निकै लज्जाजनक रहेको उनको भनाइ थियो ।

सार्वजनिक खरिद ऐन तत्काल संसोधन हुनुपर्दछ । कमदरमा टेण्डर पार्ने, काम नगर्ने र सेटिङ्गका भरमा वर्षौंदेखि निर्माण योजना अलपत्र पार्ने प्रवृत्ति सदाका लागि बन्द गर्न र विकास योजनाहरु समयमै पूरा गर्न तत्काल सार्वजनिक खरिद ऐन शंसोधन गर्न नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले विशेष जोड दिएका थिए।

विगत लामो समय देखि शेयर बजारमा आएको तरलताका विषयमा लेखा समितिमा छलफल हुँदा नेपाल धितोपत्र बोर्डको अध्यक्षको सम्पत्ति छानवीन गर्न अख्तियार र सम्पत्ति सुद्धिकरण विभागलाई निर्देशन दिएको जानकारी आएको छ । भ्रष्ट मानिसलाई धितोपत्र बोर्ड जिम्मा लगाउनुको कारण के हो ? अर्थ मन्त्रालयको समेत नेतृत्व गरिरहेको नेपाली काँग्रेसले यसबारे सत्य तथ्य जनतामा लैजानुपर्दछ भन्ने उनको धारणा रहेकोे छ ।

त्यसैगरि हुलाकी सडक निर्माणमा भईरहेको ढिलासुस्ती अन्त्य, रानी किमाथाङ्का सडकलाई उच्च प्राथमिकतामा राखेर चीनको सिमाना सम्म यथासिघ्र सडक निर्माण गर्न, कोशी अस्पतालको भवन निर्माणमा भएको ढिलासुस्तिलाई सम्बोधन गर्दै समयमै भवन निर्माण गर्न र कोशी प्रदेशको धार्मिक पर्यटन केन्द्रको रुपमा पौराणीक कालदेखि रहेको विराट राजाको दरवारलाई निर्माण गर्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गर्नुपर्दछ र नेतृत्वदायी भूमिका लिनुपर्दछ विज्ञप्तिमा भनिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?