पत्रकार महासंघ अर्घाखाँचीले गर्न लागेको पर्यटन प्रबर्द्धन कार्यक्रम

मानव जीवनको सुरुवात जति पुरानो छ ,त्यतिकै पुरानो छ पर्यटन क्षेत्रको विकास पनि एउटा ठाउँ वा क्षेत्रबाट अर्को क्षेत्रको अवलोकन वा भ्रमण गर्नु नै पर्यटन हो ।

विश्व पर्यटन संगठन सन् १९७४ नोभेम्बर १ देखि सञ्चालनमा आएपनि औपचारिक रूपमा सन् १९७५ जनवरी २ मा स्थापना भएको थियो । पर्यटनका पिता भनेर thomas cook लाई मानिन्छ उनको थोमस कुक एण्ड सन्स् नामक ट्राभल एजेन्सी विश्वको पहिलो ट्राभल एजेन्सी हो । एउटा ठाउँबाट अर्को ठाउँ जादा मानव गतिशील हुन्छ उसको ज्ञान अनुभव पनि त्यतिकै फराकिलो हुन्छ ।मानव जीवनमा पर्यटनको महत्त्व अत्यन्तै महत्त्वपूर्ण छ ।

देश विकास र अर्थतन्त्रमा पर्यटनको ठुलो योगदान रहन्छ ।हाम्रो देश नेपाल सांस्कृतिक ,प्राकृतिक ,पौराणिक रूपमा पर्यटनको लागी अत्यन्तै सम्भावना बोकेको देश हो ।

अर्घाखाँची जिल्ला पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको भएपनि पर्यटन भित्राउन अपेक्षा अनुसार नसकेको र यसको प्रवर्द्धनको लागी सबै जिल्लाका नागरिक लाग्नुपर्ने भन्दै त्यसको नेतृत्व अहिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँची एकजुट भएर तीव्र रूपमा लागेको छ । संघीय राजधानी काठमाडौं, प्रदेश हुँदैन अर्घाखाँचीका ६१ वडामा व्यापक प्रचारप्रसार गरेको महासङ्घको नेतृत्वले माघ १ गते सम्मानित प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड ” बाट उद्घाटन गराउँदैछ ।

पछिल्लो समय जिल्लाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेतृत्वको कमी भएको र नागरिक स्तरबाट लाग्नुपर्ने भन्दै महासङ्घले नेतृत्व गरेपनि यो समग्र जिल्ला र देशको अभियान भएको महासङ्घले बताएको छ ।

अर्घाखाँची जिल्ला पर्यटकीय सम्भावना बोकेको भरिपूर्ण जिल्ला हो । प्राकृतिक ,ऐतिहासिक पौराणिक ,धार्मिक ,सांस्कृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय क्षेत्र हो । पर्यटन लोभ्याउने सुपा देउराली मन्दिरको किंवदन्ती , अर्घा भगवती , संस्कृति गुरु पाणिनी ऋषिले तपस्या गरेर संस्कृतिको उत्पत्ति भएको पाणिनी, दुर्वाशेश्वरको सात ताले गुफा, महाभारतको इतिहास बोकेको छत्रमहाराज मन्दिर ,रानी घुम्ने जाने मालारानी मन्दिर त्यसको नजिकै गुराँसको फेदमा कहिले नसक्ने मनचिन्ते पानी, बामरुको नरसिंहथान मन्दिर, सत्य युगमा महादेवले ताण्डव नृत्य गर्दा डमरु खसेर बनेको डमरु ताल, कलात्मक शैलीमा बनेको पर्शुरामेश्वर मन्दिर ,बलकोट पौवा ,खाँचीका राजाले पानी खाने इनार,रावरणले नाचेर महादेवलाई खुसी पारेको नर्तनाचल पर्वत, डुङ्गाले बनेको शंख सीतापुर, डुङ्गाको मान्छे भएको कालीमाई ठाडा ,राम लक्ष्मणले पानी तिर्खा लागेर बाणले हानेर पानी निकालेको बाणगङ्गा ,सबैभन्दा उच्च स्थानमा रहेको सेङ्लेनदह, तिलखुवा झर्ना लगायत पहाड र खोलाले भरिपूर्ण छ ।

अहिले महासंघ गर्न लागेको प्रयास अत्यन्तै उत्कृष्ट छ अब समग्र क्षेत्रलाई समेटेर साझा अभियानको रूपमा अगाडि बढाउनुपर्छ । अर्घाखाँचीमा यसै त गाउँ रित्तो हुँदैन गएको बेला यो अभियानले सार्थकता पाए पर्यटनबाट ठुलो फड्को मार्ने छ । तत्काल फाइदा लिनसक्ने गाडी र होटल व्यावसायिक भएकाले त्यो क्षेत्रलाई अझै साथमा लिएर गर्दा उत्कृष्ट छ ।अर्घाखाँचीमा सुपा देउराली अत्यन्तै प्रसिद्ध भएको छ अहिले त्यहाँ दर्शन गर्नेको घुइँचो छ तर त्यहाँभन्दा अरु ठाउँ प्रायःजसो सुनसान देखिन्छ । अब प्रमुख चुनौती सुपा देउराली आएका मान्छे अरु ठाउँ कसरी लैजाने भन्ने प्रश्न हो? उनीहरूलाई १-२ दिन बास कसरी बसाल्ने ? सुपा देउरालीसँग अरु ठाउँ कसरी जोड्ने भन्ने हो ?त्यसको लागी पूर्वाधारको आवश्यकता पर्छ पहिलो कुरा बाटोमा व्यापक सुधार गर्नुपर्ने छ अन्य पर्यटकीय क्षेत्रसम्म पक्की बाटो हुनुपर्छ ।पर्यटकीय क्षेत्रमा नियमित रूपमा गाडी पुग्ने रुट मिलाउनुपर्छ । दोस्रो कुरा होटलहरू पाहुना मैत्री सुविधा सम्पन्नको नाममा चर्को मूल्य लिने भन्दा स्थानीय उत्पादनलाई प्रयोग गरेर अर्गानिक खानपिन हुनुपर्छ ।

बजारको जीवनशैली भन्दा फरक अनुभव गर्न जाने पर्यटनलाई स्थानीय र पुरानो जीवनशैलीको अनुभव गराउँदा खुसी हुन्छ ।नेपालको पहिलो होमस्टे स्याङ्जाको सिरुबारीको हो । अर्घाखाँचीमा पनि एउटा होमस्टे, नियमित रूपमा रातको समयमा भैरव नाच ,अर्घाका गन्धर्व समुदायको सारङ्गीका सुमधुर धुन, पञ्चेबाजा बजाएर पर्यटनलाई मनोरञ्जन सके , अर्घाखाँची अनेक मौलिक कला ,कौशलको प्रयोगले पर्यटनमा फड्को मार्ने थियो ।अहिलेसम्म अर्घाखाँचीका समग्र पर्यटकीय ठाउँलाई समेटेर कुनै युट्युबमा भिडियो बनेको रहिन्छ पत्रकार साथीहरू त्यसलाई तुरुन्तै बनाएर हेरेर जाने मान्छेलाई थप सहयोग हुने थियो ।यो महा अभियानको लागी पत्रकार महासंघ र समग्र जिल्लावासीलाई हार्दिक शुभकामना ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिमल चाैहान
लेखकको बारेमा

बिमल चाैहान

चाैहानको समसामयिक विषयमा स्वतन्त्र खरो विश्लेषकको पहिचान छ ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?