कोशी प्रदेश : निर्विरोध सभामुख चुनिए अम्बरबहादुर विष्ट

विराटनगर । राप्रपाका सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। मंगलवार कोशी प्रदेशसभाको बैठकबाट उनी निर्विरोध निर्वाचित भएका हुन्।

सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि मतदान प्रक्रियामा जानु परेन। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि गएको साउन १६ यता कोशी प्रदेशसभा सभामुखविहीन थियो।

सत्ता गठबन्धनको समर्थनमा सभामुखको उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि सर्वसम्मत सभामुख चयन भएका हुन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। वर्तमान सरकार जोगाउन सभामुख पद नेकपा एमाले र राप्रपामध्ये एउटालाई बुझाउनुपर्ने बाध्यता गठबन्धनलाई थियो।

गठबन्धन दलसँग ४७ सांसद मात्रै छन्। सरकार जोगाउन गठबन्धनले राप्रपालाई सभामुख दिएको हो। सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एकजना सांसद छन्।

प्रतिपक्षमा ४० जना सांसद रहेको एमाले र ६ जना सांसद रहेको राप्रपा छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?