नेपाल एयरलाइन्सको वाइड बडी जहाजमा प्राविधिक समस्या : कतारबाट नेपाल जाने यात्रु अलपत्र

दोहा, कतार । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाजमा प्राविधिक समस्या देखिएर ‘ग्राउण्डेड’ भएपछि कतारबाट नेपाल जाने यात्रु कतारको विमानस्थलमा अलपत्र परेका छन् । कतारको स्थानीय समय र बार अनुसार मंगलबार बिहानै उड्नुपर्ने जहाज नेपालबाट नआएपछि यात्रु अलपत्र परेका हुन् ।

सोमबार राति ९ बजे नै एयरपोर्ट पुगेका सर्लाहीका सिकन्दर राय बिरामी भएर काम गर्न नसकेपछि नेपालबाट आएको एक महिनामै नेपाल फर्किन टिकट काटेका थिए । हातमा पासपोर्ट र टिकट समातेर कापिरहेको उनी रुन मात्र सकेनन् । उनी भन्छन्, ‘मलाई धेरै नै समस्या छ, चक्कर आउँछ दाइ, शरीर उतिबेलै तातो र चिसो हुने हुँदा काम गर्न नसकेर जान लागेको, तर एयरलाइन्सले थप पीडा दियो ।’

कतार बसाइँलाई बिट मार्दै नेपाल फर्किन लागेका सुनसरीका सुरज दनुवार पनि सोमबार रातिबाटै एयरपोर्टमा अलपत्र परेका छन् । उनीसँगै बाराका प्रकाश बिडारी, लमजुङका जस बहादुर गुरुङ, मोरङका सुनिल शाह कलवार पनि एयरपोर्टमा अलपत्र छन् ।

बच्चा बिरामी भएर इमर्जेन्सीमा घर जान लागेका सिरहाका रामदेव यादव एयरपोर्टमा धुरुधुरु रोए । ‘तलब पाएपछि घर पठाएँ, अचानक छोरी बिरामी भएको खबर आयो र सरसापट गरेर टिकट किनेर घर जान हिँडेको थिएँ, तर पलपल मरेर एयरपोर्टमै बस्न पर्‍यो, आँखामा छोरी घुमिरहेकी छिन्,’ उनका आँशु रोकिएनन् ।

झापाका ओम बहादुर भण्डारी आफ्ना आमाको बरखीको मिति पारेर नेपाल जान लागेका रहेछन् । कतारबाट जहाज उडेन र उनले सोमबार काठमाडौंबाट चन्द्रगढीको लागि आन्तरिक उडानको टिकट समेत गर्नुपर्‍यो भने बरखीसमेत नभेट्दा दुःखी भए । आफ्नो परिवारसहित बिदामा नेपाल जान लागेका धादिङका छन्द बहादुर बरुवाल श्रीमतीसहित एयरपोर्टमै भेटिए । हाया भिसामा कतारमा श्रीमतीलाई ल्याएका उनले नेपाल एयरलाइन्सको व्यवस्थापन देखेर दिक्क माने ।

वस्तुस्थिति बुझ्न विमानस्थल पुग्दा पीडितले गुनासाका चाङ लगाए । उनीहरूले जहाजमा आएको समस्यालाई सहजैरुपमा लिए पनि एयरपोर्टमा रहेका एयरलाइन्सका प्रतिनिधिको व्यवहार र बोल्ने शैलीको चर्को आलोचना गरेका थिए । जहाज नउडेपछि एयरलाइन्सले होटेल लगायतका सुविधा दिनुपर्नेमा त्यो सुविधा नदिएको र खानाको कुपन दिएर २४ घण्टादेखि एयरपोर्टमै राखी थप पीडा दिएको उनीहरु बताएका छन् । ‘एयरलाइन्सले दिएको कुपनले बिहान एउटा पानी, चिया र अण्डा सेन्डविचबाहेक अरू आउँदैन । सोमबार रातिदेखि २४ घण्टासम्म बस्दा पुनः त्यस्तै कुपनले सोही खाना कसरी खाने ?,’ पीडितहरुले प्रश्न गर्छन् । एयरपोर्टको कुर्सीमै रात बिताउनु पर्दा यात्रुहरु क्रोधित थिए । उनीहरू सामूहिकरुपमा नेपाल एयरलाइन्सको गलत व्यवस्थापन र झुटप्रति रुष्ट देखिए ।

काठमाडौंका प्रताप गुरुङले एनआरएनए एनसीसी कतारका महासिचव रबिन मगरलाई २५० जना यात्रु एयरपोर्टमा अलपत्र परेको जानकारी गराएपछि एनसीसीका अध्यक्ष रमेश भट्ट, श्रमिक विभाग संयोजक लगायत मंगलबार दिउँसो एयरपोर्ट पुगेका थिए । उनले एयरपोर्टमा पीडितका समस्या सुनेपछि नेपाली दूतावासमा समेत जानकारी गराएका थिए । नेपाल एयरलाइन्सका कर्मचारीसँग फोनमा पीडितका समस्या सुनाउँदा आफूहरूले खाना र घर जान ट्याक्सीको व्यवस्था गरेको बताए पनि पीडितले एक रियाल पैसा नपाएको भन्दै आफूहरूसँग आक्रोशित बनेको बताए ।

पीडितका बारेमा समस्या र गुनासा राखेर आधिकारिक जानकारी लिन कर्मचारीलाई टेलिफोन सम्पर्क गर्दा एयरलाइन्सका अधिकारीहरूले ‘कतारमा जारी एएफसी एसियन कपले गर्दा होटल प्याक’ रहेको हुँदा होटल लैजान नसकिएको बताए । प्रतिनिधिहरुले घर जान ट्याक्सी भाडा दिएको भन्ने कुरालाई यात्रुहरुले अस्वीकार मात्र गरेनन्, फोनमा प्रतिकार समेत गरे । एयरलाइन्सका प्रतिनिधिले दोहोरो कुपनको व्यवस्था गरेको बताइरहँदा रामेछापकी शर्मिला सुनुवारसहित दर्जनौंले आफूहरुले थप कुनै खानाको कुपन नपाएको बताए ।

मंगलबार बिहानदेखि एयरपोर्टमा भोकै रहेका करिब सय जना यात्रुलाई एनआरएनए एनसीसी कतारले सेन्डविच, स्याउ र पानी उपलब्ध गराएको थियो । फोन गर्दा फोनै नउठाउने र उठाए पनि किन एनसीसीमा जानकारी गराएको भन्दै एयरलाइन्सका प्रतिनिधिले थर्काएको प्रतापले बताए । एयरपोर्टबाट पीडित र एयरलाइन्सबीच आरोप–प्रत्यारोप चलिरहेकै बेला स्थानीय समयअनुसार मंगलबार राति ११ः५५ बजे जहाज उडेको एयरलाइन्स प्रतिनिधिले बताए । नेपाल एयरलाइन्सबाट मंगलबारको उडानमा नेपाल यात्रा गर्ने सबै यात्रुलाई फ्लाइट रद्द भएको र सो को जानकारी यात्रुलाई गराइएको स्टेसन म्यानेजर यज्ञ प्रसाद भट्टले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?